च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

च्याम्पियन्स लिगको पहिलो सिजनमा चेल्सीको जित


चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके क्रास्नोडरलाई ४-० ले पराजित गर्न सफल भएको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

उसका लागि ३७ औँ मिनेटमा कालम हड्सन ओडोइले गोल गरी सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे ।

७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे । ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४-० ले विजयी भयो ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १-० ले पराजित गरेको छ । चेल्सी र सेभिल्ला दुवैको समान चार चार अंक रहेको छ । उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published.