आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा


दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो ।

१५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए । प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ । बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सकेनमा हैदराबाद चौथो स्थानमा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *