खेलकुद Archives - Page 7 of 7 - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

खेलकुद

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित
खेलकुद, समाचार

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ । पोर्चुगलको टिमका अरु खेलाडीलाई भने कोरोना भाइरसको संक्रमण भएको छैन । गएको आइतबार पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो । ...
इटाली बराबरीमा रोकियो
खेलकुद, मनोरन्जन

इटाली बराबरीमा रोकियो

नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इटाली बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा इटालीले नेदरल्याण्डससँग १–१ को बराबरी खेलेको हो । समूह ए वानमा रहेको इटालीका लागि १६ औँ मिनेटमा लोरेन्जो पिलेग्रिनीले गोल गरे । २५ औँ मिनेटमा डोनी भान डी बीकले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । बराबरीपछि चार खेलबाट ६ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा छ । पाँच अंकसहित नेदरल्याण्डस तेस्रो स्थानमा रहेको छ । सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा पोल्याण्डले बोजनिया–हर्जगोबिनालाई ३–० ले पराजित गरेको छ । विजयी भएको पोल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ । नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा फिनल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई १–०, बेलारुसले काजखस्तानलाई २–० तथा स्लोभेनियाले माल्डोभालाई ४–० ले पराजित ...