विश्वकीर्तिमानी गीतकार डा. उपाध्यायको ‘श्लेषा’ एल्वम इन्द्रसरोवरमा विमोचन
शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा सधैको भन्दा फरक दृश्य देखियो । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा पहिला यो ठाउँमा यस्तो दृश्य नदेखिएकोले यसलाई कौतुहल्तापूर्ण रुपमा हेरिएको थियो । सन्दर्भ थियो विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्वम ‘श्लेषा’ विमोचन ।
गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटाको प्रमुख आतिथ्यतामा मनोरम इन्द्रसरोवरको कञ्चन जलमाथि डा. उपाध्यायको एल्वम विमोचन गरिएको छ । एकै सांगीतिक स्केल एफ मेजरमा रहेका गीतहरूको संग्रह ‘श्लेषा’लाई कीर्तिमानी संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सुनिता खनाल, डा. सुभेच्छा थापा, सुरेन्द्र थापा, यमबहादुर, उद्धव खड्का, मिलन भण्डारी, दिनेश शर्मा, अम...










