आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम
काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो ।
योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो ।
काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्र...