कोरियोग्राफर तथा नृत्य प्रशिक्षक सन्दिप भुजेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन ।
राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा उनले उक्त सम्मान पाएका हुन ।
प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्यको हातबाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो ।
डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत दर्शकको मन जित्दै आईरहेका कोरियोग्राफीको रुपमा निकै परिचित छन ।