धिरेन शाक्य र सुमुना राई अभिनित‘नियालेर हेरुँ’(भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

धिरेन शाक्य र सुमुना राई अभिनित‘नियालेर हेरुँ’(भिडियो)


काठमाडौं । सदाबहार ह्याण्डसम नायक धिरेन शाक्य र सुमुना राई अभिनित रोमान्टिक आधुनिक गीत ‘नियालेर हेरुँ’को म्यूजिक भिडियो चलचित्र विकास वोर्डमा गत भदौ ३१ गते शुक्रबारको दिन भव्य रुपमा सार्वजनिक गरिएको छ ।

पोखराको सेरोफेरो अनि रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोका गीतकार कमल क्षेत्री, संगीतकार उत्तम जंग लिम्बु, एरेन्जर संजिव लिम्बु, गायक सत्यराज आचार्य र गायीका अनु चौधरी हुन् भने भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । उत्तम हुमागाँईको छायांकन, सुरेन्द्र शाहीको मेकअप, राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । सत्यस्वरुप ईन्टरटेन्मेन्ट युट्युव च्यानलबाट प्रशारण गरिएको उक्त गीतको निर्माण तथा प्रस्तुतकर्ता जस्मिन फिल्मस् रहेको छ । छोटो समयमै उक्त गीत धेरै दर्शकहरुको रोजाईमा परेको छ ।

मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, साँस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित सँस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न गरेको थियो ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्र्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथि रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्य विशेष अतिथी रहेका थिए । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत राखिएको थियो ।

उक्त समारोहमा ख्याती प्राप्त कलाकार, खेलाडी, पत्रकार, व्यवसायी, समाजसेवी, सौन्दर्यविद, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको उक्त समारोहमा विभिन्न आकर्षक प्रस्तुतीहरु समेत रहेको थियो ।
कार्यक्रममा अभिनेता धिरेन शाक्यले ‘नियालेर हेरुँ’ गीतको बारेमा जानकारी दिएका थिए भने गायका सत्यराज आचार्यको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.