गायिका सरु गौतमको'यो जुनिमा' सार्बजनिक (भिडियो ) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

गायिका सरु गौतमको’यो जुनिमा’ सार्बजनिक (भिडियो )


चर्चित गायिका सरु गौतमको ‘यो जुनिमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका स्वयंको अफिसियल युट्युब च्यानल सरु गौतम बाट ‘यो जुनिमा’ सार्वजनिक भएको हो ।

सार्वजनिक भएको छोटो समयमा चर्चा बटुल्न सफल गायक सर्जक तथा चर्चित म्युजिक एरेन्जर बिश्व अधिकारीको एरेन्जमा कुमार कटुवालको मन छुने शब्द तथा भिम बिसीको संगीतमा भिम बिसी र सरु गौतमको सुमधुर आवाज रहेको उक्त गीत दर्शकहरुको मन मस्तिष्क मा बस्दै गएको देख्न सकिन्छ ।

केशब विश्वकर्माको छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरेन्द्र सिंहले कथा निर्देशन गरेका हुन भने, गायक बिसी र गायिका गौतमको अभिनय रहेको म्युजिक भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.