समाचार

सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ
अन्तरवार्ता, समाचार

सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए । कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भने त्यसको अनुसन्धान गरेर बाहिर ल्याउन मन्त्रालयले आफ्नो काम गर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार सम्हालेका छन् ।...
युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने
अन्तर्राष्ट्रिय, समाचार

युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युबले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युबमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युबमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।” स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने ...
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण
राजनीति, समाचार

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’...
चर्चित गायक ‘बोकेदारी’को ‘दशैं आयो तिहार आयो’ गीत सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

चर्चित गायक ‘बोकेदारी’को ‘दशैं आयो तिहार आयो’ गीत सार्वजनिक (भिडियोसहित)

चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक गरेका छन् । ‘दशैं आयो तिहार आयो’ बोलको गीतलाई बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ–तिहार नजिकिएको आभास गराउँछ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दशैं र तिहार मनाएको देखिन्छ । https://youtu.be/aZ-buawBQ9A सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रुपमा श्रीकृष्ण लुइँटेलका साथ शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अली, अरुण राजवंशी, रजत श्रेष्ठ, दिपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलीले कोरियोग्राफ गरेका हुन् ।...
उपप्रधानमन्त्री पोखरेलको बहाली
राजनीति, समाचार

उपप्रधानमन्त्री पोखरेलको बहाली

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन। यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्।...
पीजीको प्रवेश परीक्षा स्थगित हुनुमा हाम्राे कुनै हात छैन – राष्ट्रिय चिकित्सा शिक्षा आयोग
शिक्षा, समाचार

पीजीको प्रवेश परीक्षा स्थगित हुनुमा हाम्राे कुनै हात छैन – राष्ट्रिय चिकित्सा शिक्षा आयोग

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पीजी)को प्रवेश परीक्षा रोकिनुमा आफ्नो कुनै स्वार्थ नभएको बताएको छ। मंगलबारदेखि आजसम्म (असोज २७, २८ र २९ गते) हुने प्रवेश परीक्षा आयोगले सर्वोच्चको आदेशको कारण देखाउँदै २२ गते अनिश्चितकालका लागि स्थगित गरेको थियो। आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार आयोगविरुद्ध परेको एक रिटमा सर्वोच्च अदालते असोज १६ गते आदेश जारी गर्दै परीक्षाका कार्यक्रम स्थगित गरेर २२ गते अन्तरिम आदेशका लागि छलफलमा आउन आदेश दिएको थियो। तर उक्त दिन कोरोना संक्रमणका कारण सर्वोच्चमा इजलास नै बस्न नसकेपछि बाध्य भएर परीक्षा नै स्थगित गर्नुपरेका उनको भनाइ छ।अधिवक्ता गोकुल भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले १६ गते परीक्षाका सबै कार्यक्रम स्थगित गरेर २२ गते अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। सर्वोच्च...
कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश
राजनीति, समाचार

कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।...
थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो
समाचार, स्वास्थ्य

थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
बिहीबार उपत्यकामा १९३५ संक्रमित थपिए
समाचार, स्वास्थ्य

बिहीबार उपत्यकामा १९३५ संक्रमित थपिए

पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार उपत्यकाका तीन जिल्लामा १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार ६ सय ९२ रहेका छन् । त्यसपछि ललितपुर १ सय ८, भक्तपुरमा १ सय २४ र संक्रमित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण  गर्दा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।...
पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

 नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३  रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ थियो । पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...