सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था गर्छु– मन्त्री गुरुङ


नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए ।

कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भने त्यसको अनुसन्धान गरेर बाहिर ल्याउन मन्त्रालयले आफ्नो काम गर्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *