समाचार

गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

हिन्दुहरुको महान चाड वडा दशैं संघारमै आइसकेको छ । नजिकिंदो दशैंसँगै पछिल्लो समय दशैंको महत्व र सिर्जीत परिस्थितीलाई समेटेर नेपाली साङगीतिक क्षेत्रमा धेरै गीतहरु सार्वजनिक भइरहेको छन् ।यहि सिलसिलामा ‘राख्न त राख जमरा आमा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वर रहेको छ । https://youtu.be/9zXMzsHIorI बिमल गौतमको मर्मश्पर्शी शब्द रहेको गीतमा रेखाको नै संगीत रहेको छ । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ । श्रमका लागि परदेशीएका नेपालीलाई चाडपर्वमा स्वदेश फर्कन नपाउँदाको पिडा गीतमा हुबहु समेटिएको छ । गीतको भिडियोलाई समिर लामाले निर्देशन गरेका हुन ।...
कात्तिक १५ गतेसम्म अदालत बन्द
समाचार, समाज

कात्तिक १५ गतेसम्म अदालत बन्द

 घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ। विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ। जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्।...
गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

काठमाण्डौँ, असोज ३० | 'जाले रुमाल' गीतको अपार सफलता पछी गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको 'परदेशीको जीवन बरिलै’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ । https://www.youtube.com/watch?v=n4BjB9--H0U&feature=youtu.be&fbclid=IwAR1V01ZKPLLzsGerbolkDuUDx9vbirBvhgtyAa4dPbsXV8zstUpBKjP2ebg टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ । म्युजिक भिडियोमा बेरोजगारी, गरिबी, केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडिय...
दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन
समाचार, समाज

दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्र बहादुर बुढाले मन्त्रिपरिषद बैठकले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरेअनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको बताउनु भयो । दशैंमा शक्तिपीठहरुमा भिडभाड हुँदा कोरोना संक्रमण बढने खतरा रहेकोले गृहले यस्तो कदम चालेको हो । ‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ । त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’ प्रवक्ता बुढाले भन्नुभयो, ‘भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक...
गायिका प्रमिला पुन,रेश्मा बोम्जन’ गायक प्रदिप ग्लान,’डी जे मेवाहाङ’को ‘दशैं आउँदा’को भिडियो सार्वजनिक( भिडियो)
मनोरन्जन, समाचार

गायिका प्रमिला पुन,रेश्मा बोम्जन’ गायक प्रदिप ग्लान,’डी जे मेवाहाङ’को ‘दशैं आउँदा’को भिडियो सार्वजनिक( भिडियो)

त्यसै क्रममा गायिका प्रमिला पुन गायिका रेश्मा के बोम्जन गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङ’को संयुक्त प्रस्तुतिमा दशैं आउँदा तिहार आउँदा गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई दशैंको छेक पारेर देश बिदेशमा भएका नेपाली दाजु भाई हरुको पिडा र घर आउन चाहांदा चाहांदै आउन नपाएका र कोरोनाको कहरले गर्दा पनि घर आउन नपाएका नेपाली दाजु भाईहरुलाई समर्पण गर्दै यो दशैंको गीत’को भिडियो बजारमा ल्याएको गायक प्रदिप बताउँछन् । https://youtu.be/bc3XPI2WkBI गीतमा संगीत तथा शब्द केशब बिश्वकर्मा रहेको छ’भने गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ । गीतको भिडियोमा निर्देशन गायक स्वयम् प्रदिप ग्लान्’ छायांकन केशब बिश्वकर्मा ‘को रहेको छ भने गीतको भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई हाई लाईट्स युट्युब च्यानलमा हेर्न सकिन्छ । के एन्ड के इन्टरटेन्मेन्ट’को युट्य़ूब च्...
कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा वा आइसोलेसनमा
समाचार, समाज, स्वास्थ्य

कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा वा आइसोलेसनमा

स्वास्थ्यकर्मीले अब कोभिड-१९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो।  संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो। त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए। तर, अब लक्षण देखिए वा संक...
सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु
अर्थ/व्यापार, समाचार, समाज

सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु

सिम्रिक एयरले कोरोना संक्रमितहरुकाे उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक  सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो ।सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर कोरोना संक्रमितको उद्धारका लागी छुट्याएको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले गत सोमबार नै सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी गराएको थियो ।...
२४ घण्टामा ३५२२ ले कोरोना जिते,संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८
समाचार, समाज

२४ घण्टामा ३५२२ ले कोरोना जिते,संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८

 पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको थियो ।...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
समाचार, समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकल एकआपसमा ठोक्किएको थियो। मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् । त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिस...
काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

 काठमाडौं उपत्यकामा आज २४०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन्।