सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु


सिम्रिक एयरले कोरोना संक्रमितहरुकाे उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ ।

पहिलो पटक  सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो ।सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर कोरोना संक्रमितको उद्धारका लागी छुट्याएको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गत सोमबार नै सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *