दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन


गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्र बहादुर बुढाले मन्त्रिपरिषद बैठकले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरेअनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको बताउनु भयो । दशैंमा शक्तिपीठहरुमा भिडभाड हुँदा कोरोना संक्रमण बढने खतरा रहेकोले गृहले यस्तो कदम चालेको हो ।

‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ । त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’ प्रवक्ता बुढाले भन्नुभयो, ‘भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक्ने हुँदा हामीले पनि परिपत्र गरेका हौं ।’

यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो । गृहको यो परिपत्रपछि अव देशभरका कुनैपनि शक्तिपीठहरु खुल्ला हुने छैनन ।

Leave a Reply

Your email address will not be published.