समाचार

दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ :डा. डीआर उपाध्याय
राजनीति, समाचार

दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ :डा. डीआर उपाध्याय

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल त पुनर्गठन गर्नुभयो । तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनको बिषयलाईृ लिएर शीर्ष नेताबीच फेरि विवाद सुरु भएको छ । यो बिवाद कति लामो समयसम्म जाने हो त्यो भने भन्न सकिदैन । सत्तारुढ दल नेकपामा बेला बेलामा बिवाद भइरहन्छ र लेनदेनको कुरा मिलेपछि बिवाद साम्य हुन्छ । नेकपाले सत्ता चलाएको साँढे  दुई बर्षको अवधीमा पार्टीभित्रको विवाद बाहेक अरु केही प्रगति देखिएन । सत्ता सम्हालेको साँढे दुईवर्ष अवधि प्रायः झगडामै बित्यो । नेपाली जनता त वाक्क दिक्क पो हुन थाले । नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने, यसरी देश उँभो लाग्दैन ।दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ । देशले कुनै निकास पाउन सकेको छैन । जनता भोका छन् । बेरोजगार छन् । रोजीरोटी खोसिएको अवस्था छ । गरिव निमुखा जनताको अवस्था त झन् दयनीय छ । सरकारी सेवा-सुविधा, ...
डा.डीआर उपाध्यायको ‘नव दुर्गा भजन’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

डा.डीआर उपाध्यायको ‘नव दुर्गा भजन’ सार्वजनिक (भिडियोसहित)

आजदेखि नेपालीको महान् चाड वडा दशैँ सुरू भएको छ । यही सन्दर्भमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैँ भजन ‘नव दुर्गा’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको भजनको लिरिकल भिडियो सार्वजनिक भएको हो । सर संगीतमा रेकर्डिङ गरिएको गीतलाई पवन भाटले रेकर्डिङ गनुभएको हो भने सन्तोष पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वा...
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेकाे छ।हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ६५ पुगेको हाे।  पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० संक्रमित थपिएका हुन्।  कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १४ हजार १८३ पुगेको छ।  पछिल्लाे २४ घण्टामा थप पाँच हजार ५५४ जनाकाे मृत्यु भएकाे हाे। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ छ। त्यसमध्ये ७१ हजार ९३३ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६ पुगेको छ। भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ छ। ...
नुतन कोपिला बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

नुतन कोपिला बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं . ८ काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड– १९ महामारीको बढ्दो संक्रमणका कारण नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले भर्जुअल सभा मार्फत सम्पन्न भएको संस्थाका प्रबन्धक  केशव भुजेलले जानकारी गराउनुभयो । नूतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा का.बा अध्यक्ष नेत्र प्रसाद दाहालको अध्यक्षमा भएको थियो । साथै  प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसेज्यू, विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा नं . ८ का वडा अध्यक्ष मनोज ढुङगानाज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालज्यू,  विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका सहकारी संयोजक लक्ष्मण चौलागाईज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका सहक...
कमल थापा आईसीयूमा
राजनीति, समाचार

कमल थापा आईसीयूमा

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री थापालाई आईसीयू कक्षमा भर्ना गरिएकाे ओम अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको हो। उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिस्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ।...
कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति
अर्थ/व्यापार, समाचार

कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

पछिल्लो समय कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेड छन् । कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।...
आईपीएलको शीर्ष स्थानमा मुम्बई, कोलकाता ८ विकेटले पराजित
खेलकुद, समाचार

आईपीएलको शीर्ष स्थानमा मुम्बई, कोलकाता ८ विकेटले पराजित

साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।मुम्बईका राहुल चाहरले २ विकेट लिए । य...
विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह
समाचार, स्वास्थ्य

विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह

सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुुभयो ।उहाँले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गर्नुभयो । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गर्नुुभयो । उहाँले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफूू सुरक्षित रहेर मात्र किनमेलमा निस्कन आग्रह गर्नुुभयो ।...
आज घटस्थापना, साइत बिहान ११ः४६ बजे शुभ;जमरा कसरी राख्ने ?
समाचार, समाज

आज घटस्थापना, साइत बिहान ११ः४६ बजे शुभ;जमरा कसरी राख्ने ?

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडा दशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ : ४६ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । जमरा कसरी राख्ने ?गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधि...
समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका  बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण
शिक्षा, समाचार, समाज

समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

बिस्वनै कोरोना महामारीमा परि रहेको बेला अहिले कुनै न कुनै संघ संस्थाहरुले बेसाहरा दिन दुखी परिवारलाई केहिन केही माध्यमबाट सर सहयोग गरिरहेका हामिले देख्न र सुन्न पाइरहेका अबस्थामा अहिले हामिलाइ प्राप्त जानकारी अनुसार न त कुनै ब्यक्तिगत फाइदा या कुनै ब्यक्तिगत स्वार्थ सधै समाज सेवामा अग्र स्थानमा रहि रहने नाम हो काभ्रेका युबा नेता,समाजसेबि तथा तरुण दल काभ्रेका सभापति दावा लामा र अर्का ब्यबसायी तथा समाजसेवी केदार मल्लको अगुवाइमा आज काभ्रेको पाँचखाल नगरपालिका वडा न १ का बिद्यालयहरुमा मास्क र सेनिटाइजर विभिन्न ३ सामुदायिक विद्यालयहरुलाइ हस्तान्तरण गरेका छन । उक्त मास्क र सेनिटाइजर बितरण कार्यक्रममा काङ्ग्रेस उपसभापति एवंम महाधिबेसन प्रतिनिधि बेल लामा काङ्ग्रेस नेता मान बहादुर तामाङ ,अन्जन राज खतिवडा ,सान बहादुर तामाङ काङ्ग्रेस वडा सभापति ज्ञान बहादुर तामाङ लगायतले विद्यालय ब्यवस्थापन समितिल...