समाचार

प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी स्रोता/दर्शकमाझ आज सार्वजनिक भएको छ । बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक भएको गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ भने मनोज गुरुङको स्वर सुन्न सकिन्छ । गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले मनमोहक अभिनय गरेका छन् । https://youtu.be/-8jocezeda8 नेपालबाट अमेरिकामा गर्नुपर्ने दृश्यहरु अनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र ग...
नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ
राजनीति, समाचार

नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ

-डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ। आज यो अध्यादेशलाई लिएर पक्ष र बिपक्षमा मत बाँझिएको छ । नेकपा एमाले माधव समूहका नेता भिम रावल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी , नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लव लगायतका नेताहरुले नागरिकतासम्बन्धी अध्यादेशको चर्को बिरोध गरेका छन । उनीहरुले मुलुक सिक्किमी करण हुने खतरा भएको औलाएका छन । आ आफनो प्रेस बिज्ञप्ती जारी गरेर उनीहरुले अध्यादेश फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरेका छन । संविधानको धारा ११४(१) बमोजिम उक्त अध्यादेश जारी भएपछि यसको स्वागत गर्नेहरु पनि छन र विरोध गर्नेहरुको जमात पनि बढेको छ । बाहिरबाट जति सुकै बिरोध आए पनि सरकारले अध्यादेश फिर्ता ल्याउने कुनै छाँटकाट गरेको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा यो अध्यादेश आएको हो । संसद नभएको ...
नेपाल तरुण दल, माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण
समाचार, समाज

नेपाल तरुण दल, माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त भएको र लाखौं संक्रमित तथा हजारौंले ज्यान गुमाउनु परेको अवस्थामा नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा मास्क , सेनिटाईजर, नर्मलबेड दुईसेट,सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपी इँसेट, फेससिल्ड, निम्स,पञ्जा, लगायतकाे स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम , ई प्र का खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ । यस्तो सहयोग र अभियानले नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीहरुमा आत्मबल बढ्ने तथा सुरक्षित पनि हुने हुँदा अभियान थालनी गरेको नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को सदस्य तथा अभियानका सदस्य कुशल खत्रीले बताए ।  रामेछाप काठमाडौं सम्पर्क समिति को पहलमा सहयोगि हातहरू :- राजनारायण श्रेष्ठ बाट मास्क – ...
कोरोना महामारीको संकटभर मेरो सम्पूर्ण पारिश्रमिक अपाङ्गता भएकाहरुलाई सहयोग गर्छु:डा. रेणु शर्मा
अन्तरवार्ता, समाचार

कोरोना महामारीको संकटभर मेरो सम्पूर्ण पारिश्रमिक अपाङ्गता भएकाहरुलाई सहयोग गर्छु:डा. रेणु शर्मा

देशमा कोरोनाको नयां भेरियन्टको महामारीले देश थलिएको अवस्था छ । दैनिक मृत्यदर र संक्रमितको संख्या बढिरहेको छ । महामारीमा नागरिकको जीउ ज्यान जोगाउन र संक्रमितको उपचारका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु कुनै कसर बांकी नराखी उपचारमा तल्लिन छन । मान्छेको असली रुप भनेको संकटको बेला परिक्षण गरिन्छ भने झै स्वास्थ्य संकटमा स्वास्थ्यकर्मीको असली रुप छर्लङ्ग भएको छ । महामारीको बेलामा फ्रन्टलाईनमा खटिने चिकित्सकले गरेको योगदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ । अझ त्यसमा पनि आफुले पाउने सम्पूर्ण पारिश्रमीक समेत कोरोना बिरामीहरुलाई सहयोगको घोषणा गरिएको भन्दा हामीलाई पत्याउनै गाह्रो हुन सक्छ, तर यो सत्य हो । नेपालगंज मेडिकल कलेजमा कार्यरत डा. रेणु शर्माले यस किसिमका सहयोग गर्ने घोषणा गरेकी हुन । सुर्खेत वडा नं. ६ निवासी पिता प्रेम शर्मा र माता मिना शर्माकी सुपुत्री डा.रेणु शर्मा संग यसै ...
भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित ‘नहेर तर्केर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित ‘नहेर तर्केर’ सार्वजनिक(भिडियो)

काठमाण्डौ, जेठ ११ । बहुमुखी प्रतिभाका धनी भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ । https://youtu.be/eYmWEVcaCow बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमील्सिनाको रहेको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल राणाको सम्पादन रहेको छ । सोनाम लामाको कला प्रोडक्सन रहेको यस् भिडियोमा देवराज मग्रातीको सह-छांयाकन रहेको छ भने मेकअप सोम मग्रातीको रहेको छ । भिडियो सेवालुंग च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
चर्चित हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सिकृतासँग बिवाह बन्धनमा बांधिए
मनोरन्जन, समाचार

चर्चित हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सिकृतासँग बिवाह बन्धनमा बांधिए

नेपाली चलचित्र क्षेत्रका चर्चित हाँस्यकलाकार गोपाल ढकाल छन्दे बिवाह बन्धनमा बाधिएका छन । उनले गत बैशाख २४ गते काठमाण्डौँ,आरुबारी स्थायी निवासी सिकृता वस्तीसँग बैवाहिक सम्बन्ध गाँसेका हुन् । उनको मागी बिवाह भएको कुरा ढकालले बताए । यो कोरोना महामारीको माहोलमा बैवाहिक जीन्दगी गाँसिएको भएपनि यो माहोल पर्नगएको कुरा ढकालले बताए ।सरकारले तोकेको निषेधाज्ञाको लागी मापदण्ड अनुसारनै सिमित आफन्त र परिवारजनको उपस्थितीमा काठमाण्डौँबाट बिवाह गरि आफ्नो मुल घर तनहुँ,भिमादमा बेहुली भित्राएका थिए । विगत ५ बर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय सिकृता वस्ती हाल शंकरापुर हस्पिटल नारायणटारमा असिन्टेन्ट फार्मासिस्टको रुपमा कार्यरत छिन् । आफन्त,ईष्टमित्र,शुभचिन्तक,साथीभाईलाई आफ्नो यो बैवाहिक माहोलमा सामेल बनाउन नपाएकोमा ढकालले दुख ब्यक्त गरे ।यो बिषम परिस्थितिमा सबैलाई सुरक्षित रहन र सकारात्मक सोच्न आग्रह गरेका यी ज...
थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको
समाचार, स्वास्थ्य

थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको

मंगलबार नेपालमा ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ३०६ पीसीआर र ६३० एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार ३८७ र २४९ जना गरी ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १६९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ७ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका छन् ।...
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली प्रस्थान गर्दै
खेलकुद, समाचार

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली प्रस्थान गर्दै

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज इराक प्रस्थान गर्ने लागेको हो । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गर्ने बताइएको छ । ईराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । बसरा अन्तराष्ट्रिय मैदानमा हुने खेलमा नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।...
कालोबजारीले उपभोक्तालाई आर्थिक भार थपिँदो
अर्थ/व्यापार, समाचार

कालोबजारीले उपभोक्तालाई आर्थिक भार थपिँदो

-डा.डिआर उपाध्याय, केही समय अघि देखी कोरोना महामारीले देश थलिएको अवस्था छ । कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ । अहिले सम्म माहामारी नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन । निषेधाज्ञा र यसवाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ । बिहान बेलुकाको हात मुख जोडन समेत धेरैलाई धौ धौ भईरहेको छ । जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन । आज देशको राजनीति सहि ढंगले अघि बढन सकिरहेको छैन । राजनीति सहि ढंगले अघि बढन नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन । शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन । नेताले जे गर्दा पनि नागरिक चुप लागेर...
कलाकार प्रेम गुरुङ्गद्वारा आफ्नो जन्मदिनमा गीत सार्वजनिक गर्दै, जन्मदिनको खर्च बाल आश्रमलाई सहयोग
मनोरन्जन, समाचार

कलाकार प्रेम गुरुङ्गद्वारा आफ्नो जन्मदिनमा गीत सार्वजनिक गर्दै, जन्मदिनको खर्च बाल आश्रमलाई सहयोग

गीतकार  तथा कलाकार प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” अर्थात शैलुङ्को सोल्टिनी बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न भएको छ । आउदो बुद्ध जयन्तीको दिनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आफ्नो जन्म दिन तथा बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिन लागेको उक्त भिडियो औपचारिक रुपमा कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी भए पनि कोराना महामारीका कारण उक्त कार्यक्रमलाई रद्द गरेर बिमोचन कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डू स्थित  CWEAF Nepal  बाल आश्रम लाई सहयोग गरिने  गीतकार  गुरुङ्गले जानकारी दिए । गायक मनोज गुरुङ्गको स्वर रहेको गीतको भिडियो नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ तथा अमेरिकामा समेत छायांकन गरिएको छ । तेजेन्द्र गुरुङले संगीत र एरेन्ज गरेको भिडियो चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टल...