चर्चित हाँस्यकलाकार गोपाल ढकाल 'छन्दे' सिकृतासँग बिवाह बन्धनमा बांधिए - राष्ट्रपत्र
शनिबार, मंसिर १८, २०७८

चर्चित हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सिकृतासँग बिवाह बन्धनमा बांधिए


नेपाली चलचित्र क्षेत्रका चर्चित हाँस्यकलाकार गोपाल ढकाल छन्दे बिवाह बन्धनमा बाधिएका छन । उनले गत बैशाख २४ गते काठमाण्डौँ,आरुबारी स्थायी निवासी सिकृता वस्तीसँग बैवाहिक सम्बन्ध गाँसेका हुन् । उनको मागी बिवाह भएको कुरा ढकालले बताए । यो कोरोना महामारीको माहोलमा बैवाहिक जीन्दगी गाँसिएको भएपनि यो माहोल पर्नगएको कुरा ढकालले बताए ।
सरकारले तोकेको निषेधाज्ञाको लागी मापदण्ड अनुसारनै सिमित आफन्त र परिवारजनको उपस्थितीमा काठमाण्डौँबाट बिवाह गरि आफ्नो मुल घर तनहुँ,भिमादमा बेहुली भित्राएका थिए । विगत ५ बर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय सिकृता वस्ती हाल शंकरापुर हस्पिटल नारायणटारमा असिन्टेन्ट फार्मासिस्टको रुपमा कार्यरत छिन् । आफन्त,ईष्टमित्र,शुभचिन्तक,साथीभाईलाई आफ्नो यो बैवाहिक माहोलमा सामेल बनाउन नपाएकोमा ढकालले दुख ब्यक्त गरे ।
यो बिषम परिस्थितिमा सबैलाई सुरक्षित रहन र सकारात्मक सोच्न आग्रह गरेका यी जोडिलाई नव दाम्पत्य जीवनको पुर्ण सफलताको कामना साथै उदाहरणीय जोडिको रुपमा सदैव देख्न पाईयोस हामी सबैको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *