थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको


मंगलबार नेपालमा ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ३०६ पीसीआर र ६३० एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार ३८७ र २४९ जना गरी ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १६९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ७ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.