समाचार

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियो)

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ । https://youtu.be/BJf3439_nHM भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउ...
बाँकेमा निषेधाज्ञा एक साता थपियो
राजनीति, समाचार

बाँकेमा निषेधाज्ञा एक साता थपियो

जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते सम्मका लागि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषेधाज्ञा बाँके जिल्लाभर जारी रहेको छ । महामारीको प्रकोप अझै नघटेको ठहर गर्दै जिल्ला सुरक्षा समितिले थप ७ दिनलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द (डीसीसीएमसी)को नामबाट बैठक र निर्णयहरु हुने गरेपनि कोरोना माहामारी नियन्त्रण सम्बन्धी अध्यादेश आएसँगै डीसीसीएमसी खारेज भएपछि जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञाका बिषयमा छलफल भएको थियो । समितिले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना बनाएर लागु गर्ने समेत निर्णय गरेको छ । यसअघि जारी निषेधाज्ञा फितलो भएको गुनासो आएको र गृह मन्त्रालयले समेत देशभरका...
कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित

कोरोना भाइरसको महामारी बढेपछि एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ । एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भइसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । यस वर्षको एसिया कप श्रीलंकामा हुने तय भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुने थियो ।...
इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु

इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । “केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धारमा संलग्न अधिकारीहरूले बताए । स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धारमा खटिएका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्‍याइएको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।...
नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग
समाचार, समाज

नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । समाजले काठमाडौंदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो । गारेखा नारेश्वरको शान युव जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगरे...
प्रतिपक्षी दलको जिम्मेवारी चाहिँ के ?
राजनीति, समाचार

प्रतिपक्षी दलको जिम्मेवारी चाहिँ के ?

-डा.डिआर उपाध्याय, सरकारले फेरी प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी र अवैधानिक,असंवैधानिक भएको ठहर गरेको छ । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीति बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ । बिभिन्न संघ संस्था देखी नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनबिद्धहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्टपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो । त्यो कदम असफल भएर अन्ततः संसद पुनस्थापना भएको थियो । त्यहीपुनस्थापित ंसंसद फेरी बिघटन भएको छ । अव मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन । अर्को कुरा कोरोना माहामारीले थिल...
प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

 राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गरेकी छन् । यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।...
‘रेस्क्यू म्युजिक अवार्ड’को घोषणा
मनोरन्जन, समाचार

‘रेस्क्यू म्युजिक अवार्ड’को घोषणा

रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । भिडियो निर्देशनमा ख्याती कमाएका संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए । ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने । समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।‘सबै विधा विदेशमा बस्ने...
सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश अस्वभाविक: नेता साह
अन्तरवार्ता, राजनीति, समाचार

सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश अस्वभाविक: नेता साह

शहरी विकास मन्त्री प्रभु साहको राजनीतिक सल्लाहकार तथा प्रभावशाली युवा नेता चन्द्र भुषण साहले, सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश संबिधानको मुलमर्म एवं भावना विपरीत रहेको जिकिर गरेका छन् । सात जना गैर सांसद मन्त्रीहरुको हकमा लागू हुनेगरी “मन्त्रीको हैसियतमा कुनैपनि काम नगर्नु, न गराउनु” भन्नी सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश अप्रत्याशित एवं अस्वभाविक रहेको युवा नेता साहको ठहर छ । जनताबाट प्रत्यक्ष निर्वाचित कुनैपनि सांसदको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनैपनि कारणवश पद रिक्तभएमा ६ महिनाभित्र नै चुनाव गराउनु पर्ने संवैधानिक व्यवस्थालाई समेत यस निर्णयले नजरअन्दाज गरको नेता साहको जिकिर छ । उनले भने, नेपालको संविधानको धारा ७८ (१) मा “धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री पद...
हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने
अर्थ/व्यापार, समाचार

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई त्यस्तो जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षा वा स्वास्थ्य संस्था, कृषि व्यवसायसम्बन्धी फार्म, सङ्घसंस्था र अन्य सार्वजनिक संस्थाले कानुनअनुसार निवेदन दिनुपर्ने हुन्छ । सरकारले कुनै व्यक्ति वा सङ्घसंस्था, कम्पनी वा फार्मले तराईका लागि एक बिघा घडेरीसहित ११ बिघा, पाँच रोपनी घडेरीसहित उपत्यकाका लागि ३० रोपनी, पाँच रोपनीसहित ७५ रोपनी जग्गा राख्न हदबन्दी तोकेको छ । उद्योग, कृृ...