समाचार

कोरोना महामारीका कारण ब्युटिसियन व्यवसाय धरापमा:डा.राजेश्वरी श्रेष्ठ
अर्थ/व्यापार, समाचार

कोरोना महामारीका कारण ब्युटिसियन व्यवसाय धरापमा:डा.राजेश्वरी श्रेष्ठ

कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्ने...
यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय
राजनीति, समाचार

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय

यति बेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुर्जिरहेका छौ । अझै कति गुर्जिन पर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर देखी बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छटपटि लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुर्जिरहेका छौं । बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिन भरी काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवि बर्गको त यति बेला झन बिजोक छ । राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझाउन ब्यस्त छन । उनीहरुलाई जनताको पिर मर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ। खुल्...
विदेशबाट नेपाल आउँदा पालन गर्नुपर्ने मापदण्ड
अर्थ/व्यापार, समाचार

विदेशबाट नेपाल आउँदा पालन गर्नुपर्ने मापदण्ड

सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ। तीनवटा देशमा अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८ सार्वजनिक गरिएकाे हाे। मापदण्डअनुसार नेपाल आउने सबै यात्रुले ७२ घण्टाको कोभिड नेगेटिभ पीसीआर रिपोर्ट ल्याइ १० दिन होटल क्वारेन्टिन बस्नु पर्ने छ। यात्रुहरुले आफ्नै खर्चमा १० दिनको होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्र हवाई उडानबाट नेपाल आउन अनुमति प्रदान गर्ने उल्लेख गरिएको छ। आफन्तको अन्तिम संस्कार गर्न आउनेले स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिन बस्नेगरी अनुमति दिइने नयाँ मापदण्डमा उल्लेख रहेको छ। ५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका जेष्ठ नागरिक, नेपाल आउने कूटनीतिक नियोगका कर्मचारी, कोभिड नियन्त्रणको कार्यमा खटिन विदेशबाट आउनेको सम्बन्धित निकायको सिफारिसको आध...
आज चीनबाट ९ लाख खोप ल्याइँदै
समाचार, स्वास्थ्य

आज चीनबाट ९ लाख खोप ल्याइँदै

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु(याउनेछ । त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा क...
न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न
राजनीति, समाचार

न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न

देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्‍ठामाथि प्रश्न उठाउँदा अदालतको गरिमा र त्यसप्रतिको जनआस्था नै धुमिल हुने हो कि भन्ने चिन्ता बढेको छ।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा राखिएका दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेपछि अब के होला भन्ने अन्योल बढेको छ। यस्तो विवाद निम्त्याउने कारण अदालत आफैं भएको एक पूर्व न्यायाधीश बताउँछन्। विघटनको मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार नै पेसी तोकिएकाले मंगलबार सुनुवाइ हुँदैछ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास तोकी शुक्रबारदेखि सुनुवाइ शु...
बजेट कार्यान्वयन हुन धेरै जटिल
अर्थ/व्यापार, समाचार

बजेट कार्यान्वयन हुन धेरै जटिल

-डा.डिआर उपाध्याय, नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ । दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ । यति बेला आमनागरिक कोरोना महामारीकाबीच गुर्जिरहेका छन । यस्तो बेलामा राजनीति गर्नु पटक्कै सुहाउने कुरा होइन । जनता रोएको बेला सत्ता स्वार्थको यो फोहोरि खेल बन्द हुनु पर्दथ्यो । अहिलेको यो बेला भनेको सवै मिलेर कोरोना बिरुद्ध लडने हो । सारा मान्छेको ध्यान कोरोना माहामारी तर्फ गइरहेका बेला दल र तिनका नेताहरुको ध्यान सत्तामा गएको देख्दा लाज लागेर आउँछ । जनप्रतिनिधिमूलक संसद विघटन र महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आमजनतामा नैराश्यता फैलिएको छ । यता बिपक्षी दलहरु यो बिषयलाई लिएर आक्रोशपूर्ण अभिब्यक्ति दिईरहेका छन । व्यक्तिगत स्वार्थदेखि दलीय विवाद हुँदै दोस्रोपटक पनि पुनः प्रतिनिधिसभा व...
बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण:उमेशलाल श्रेष्ठ, पूर्व उपाध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ
अर्थ/व्यापार, समाचार

बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण:उमेशलाल श्रेष्ठ, पूर्व उपाध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् ।मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहेपनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘बजेट भाषण आफँैमा खराब हुँदैन । बजेटमा सरकारले दिन्न भन्ने केहि छैन । सबैचिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।’उहाँले गत वर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गर्नुभयो । तल्लो तप्काका जनता जो कमाएर साँझ बिहान हातमुख जोड्नुपर्ने अवस्थाका छन् उनीहर...
साल्ट ट्रेडिङ तथा ईश्वरलाल प्रतिष्ठानको सहयोगमा चेम्वर र चिकित्सक संघद्वारा‘टेलिमेडिसिन सेन्टर अन कोभिड-१९’ संचालनमा
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ तथा ईश्वरलाल प्रतिष्ठानको सहयोगमा चेम्वर र चिकित्सक संघद्वारा‘टेलिमेडिसिन सेन्टर अन कोभिड-१९’ संचालनमा

चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् । आइतबार आयोजित एक कार्यक्रम माझ उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् । उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श...
थप दुई क्षेत्रलाई सहुलियतपूर्ण कर्जा
अर्थ/व्यापार, समाचार

थप दुई क्षेत्रलाई सहुलियतपूर्ण कर्जा

सरकारले थप दुई वटा क्षेत्रमा सहुलियतपूर्ण ऋण दिने भएको छ। शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिले सन्चालनमा रहेका ७ वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा कार्यक्रम निरन्तरता दिई थप दुई वटा क्षेत्र पनि थपेको हो। आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी आर्थिक वर्षमा सरकारले स्नातक तह भन्दामाथि अध्ययन गरेका विद्यार्थीहरूको लागि प्रमाणपत्र धितोमा २५ लाखसम्म सहुलियतपूर्ण ऋण दिने जनाएको छ। त्यस्तै खेलकुद क्षेत्रबाट रिटायर्ड भएका खेलकुदकर्मीहरूको जीवन राम्रोसँग विताउन व्यवसाय गर्न चाहेमा पनि सहुलियतपूर्ण ऋण दिने अर्थमन्त्री पौडेलले बजेट भाषणमार्फत जानकारी दिए। ती थपिएका दुवै क्षेत्रमा दिइने सहुलियतपूर्ण कर्जाको व्याजदर ५ प्रतिशत रहेने छ। यसअघि नेपालमा महिला व्यवसायी, विदेशबाट फर्केका नागरिकलाई, प्रमाणपत्र धितो लगायतका सातवटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको थियो।...
गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय
राजनीति, समाचार

गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय

आज गणतन्त्र ल्याएको दिन । गणतन्त्र दिवस यो ऐतिहासिक आजको दिनमा सवै गणतन्त्रवादी शक्तिहरु खुसि हुने दिन हो । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा गरेर १४ बर्षमा प्रवेश भएको छ । यो गणतन्त्र २०६२, ०६३ को जनआन्दोलन २ को बलमा आएको हो । गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग , तपस्या र बलिदानी भएको छ । यो गणतन्त्र त्यसै आएको होइन , अहिले गणतन्त्र माथि खेलवाड गर्ने तत्वहरु पनि छन । प्रतिगामी तत्वहरु पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समय देखि लागिरहेका छन । तर उनीहरुको प्रयास असफल हुदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाँजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यति बेला कमजोर भएको होकी जस्तो देखिएको छ । अहिले संसद बिघटन भएको अवस्थामा छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । संघीय लोकतान्त्रिक गणतन्...