कलाकार प्रेम गुरुङ्गद्वारा आफ्नो जन्मदिनमा गीत सार्वजनिक गर्दै, जन्मदिनको खर्च बाल आश्रमलाई सहयोग - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

कलाकार प्रेम गुरुङ्गद्वारा आफ्नो जन्मदिनमा गीत सार्वजनिक गर्दै, जन्मदिनको खर्च बाल आश्रमलाई सहयोग


गीतकार  तथा कलाकार प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” अर्थात शैलुङ्को सोल्टिनी बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न भएको छ । आउदो बुद्ध जयन्तीको दिनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आफ्नो जन्म दिन तथा बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिन लागेको उक्त भिडियो औपचारिक रुपमा कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी भए पनि कोराना महामारीका कारण उक्त कार्यक्रमलाई रद्द गरेर बिमोचन कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डू स्थित  CWEAF Nepal  बाल आश्रम लाई सहयोग गरिने  गीतकार  गुरुङ्गले जानकारी दिए । गायक मनोज गुरुङ्गको स्वर रहेको गीतको भिडियो नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ तथा अमेरिकामा समेत छायांकन गरिएको छ ।

तेजेन्द्र गुरुङले संगीत र एरेन्ज गरेको भिडियो चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङ फिचर्ड छन्। नेपालबाट अमेरिकामा गर्नु पर्ने दृश्यहरु भर्चुअल निर्देशन गरेका निर्देशक भुपेन्द्र गुरुङको गुरुङ भाषाको भिडियोको निर्देशन यो पहिलो रहेको छ। भिडियोलाइ शम्भु मोक्तानले अमेरिकामा र रबिन थापा मगरले नेपालमा छायाँकन गरेका छन्। बन्दे प्रसादले सम्पादन गरेका छन् भने भिएफएक्स र कलर समिर मियाले गरेका छन् । भिडियोको प्रडक्शन संयोजक आश्रम गुरुङले श्रृंगार शर्मिला गुरुङ सह निर्देशन उमेश थापा मगर रहेको भिडियोमा पोस्ट प्रडक्शन मोसन स्टुडियोमा गरिएको हो। ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिने भिडियोका निर्माता गोविन्द गुरुङ हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *