मनोरन्जन

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुल्ला गरिएको हो । ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ । नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ । नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो । आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्...
गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

काठमाडौं ३० मंसिर आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्बजनिक गरेका हुन् । उदयपुरका बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । https://youtu.be/xUvJU4xzrgg बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज÷मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्बजनिक गरिएको छ ।...
‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ को आवेदन खुल्ला
मनोरन्जन, समाचार

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ को आवेदन खुल्ला

काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ ।प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वल्र्ड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन । प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार १६ वर्षदेखि ४५ वर्षको हुनुपर्नेछ भने शारिरिक तौल ५० केजीभन्...
कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न

ललितपुर, मंसिर – ललितपुरमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय, ललिपुर १ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा सोमबार उद्योग वाणिज्य संघको सभाकक्षमा कार्यक्रम आयोजनामा आएको हो । संघका अध्यक्ष कृष्ण लाल महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष महर्जनले आजको कार्यक्रम यस संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷०७८ को बजेट वक्तव्य पश्चात नै गर्नु पर्नेमा कोरोना महामारीका कारण ढिला भएको बताए । अध्यक्ष महर्जनले कोरोनाले गर्दा स्थिर रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरे । आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व विभागका ...
गणेश सुवेदीको ‘निम्तो’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गणेश सुवेदीको ‘निम्तो’ सार्वजनिक (भिडियो)

लघु चलचित्र ‘निम्तो’ सार्वजनिक भएको छ । गोल्डेन ड्रिम्स इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा निर्माता गणेश सुवेदीले निर्माण रहेको ‘निम्तो’ सार्वजनिक भएको हो । चेतनाथ दंगालको निर्देशन रहेको सार्वजनिक चलचित्रमा कोरोना भाइरस (कोभिड-१९)का कारण हलसम्म जान नपाएका दर्शकहरूलाई लक्षितगरी युट्युव मार्फत सार्वजनिक गरिएको निर्माता सुवेदीले बताउँनुभयो । https://youtu.be/JStBoWKqADY साहित्यकार तथा समाजसेवी राधा भण्डारीको कथा, भूमिकला पौडेल तथा अपराजिता सुवेदी सहनिर्माता रहेको सार्वजनिक चलचित्रमा नायक दिनेश केसी, नायिका तुलसा पहाडी र बाल कलाकार पुनम केसीलगायतको अभिनय छ । तिलक गौतमको छायाँकन, जीवनराम टण्डनको सम्पादन, सम्राट थापाको पाश्र्व सङ्गीत, गणेश सुवेदीको पटकथा÷सम्वाद रहेको चलचित्र प्रेममय जीवन बाँच्न चाहनेहरूको प्रतिनिधी चलचित्र रहेको छ । लामो अन्योलकाबीच आफ्ना दर्शकलाई राम्रो विष...
रामेछापकी १९ वर्षीया मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०
मनोरन्जन, समाचार

रामेछापकी १९ वर्षीया मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०

 वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न भएकाे छन् । भब्य र सभ्य रुपमा ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्। किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो। अनलाईन कार्यक्रमकाबिच आज ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबले बिजेताको घोषणा गरेको हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी: एकराज घिमिरे, वातावरणविद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभियन...
नायक श्रीदेव अभिनित गीतकार लोकराजको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

नायक श्रीदेव अभिनित गीतकार लोकराजको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)

गीतकार लोकराज अधिकारीले ल्याए क्या बात ! नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीले नयाँ गीत क्या बात ! को भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक भएको गीतमा सरोज कोइरालाको संगीत वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या ! बात टिमको छ । https://www.youtube.com/watch?v=ruqrkLO8QOk&feature=youtu.be&fbclid=IwAR1nzlVfR6WW4f94WmACjfo4hK0OJjAZ7LK3xx4pqMLSV9XZ4ZpBjDqF6ls गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई , शिलास्मा हमाल, आश्मा अधिकारी र डा रोजिना अधिकारीको अभिनय रहेको छ । बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई अजय रेग्मी ले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका हुन । लिला डागीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन गोबिन्द मधुर ...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत वाचा गरी को लिरिकल भिडियो सार्वजनिक भएको छ । यो गीत केही समय अगाडि रिलिज भएको गीतकार उपाध्यायको एकल रचनाको एल्बम घरोहर बाट लिईएको हो । सागर अधिकारी ‘शरद’ को सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र सपना अधिकारीले स्वर दिएका छन् । एक अर्काप्रतिको समर्पण भाव व्यक्त भएको यस गीतमा जुन विश्वाश र प्रेमले एक गराएको थियो त्यो विश्वाश र प्रेम अविरल अनि अटुट रहेका भावनाहरु व्यक्त भएका छन् । शब्दैपिच्छे फरक फरक आवाजमा रेकर्ड भएको यो विश्व कीर्तिमानी गीत सुरुदेखि अन्त्यसम्म नै एउटा शब्द मेल र अर्को शब्द फिमेल गरी रेकर्ड गरिएको छ । भिडियो गीतकार उपाध्यायको आफ्नै युट्युब च्यानल  DR Music & Creations बाट सार्वजनिक भएको हो । https://youtu.be/-PJnV-T4x_E फरक शैलीका गीत मार्फत डा....
रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीत मार्फत चर्चा कमाएका रक गायक बिनोद ढकालको यूट्युबमार्फत एउटा नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/5nrffiOb584 उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । गायक बिनोद ढकालकै शब्द, संगीत रहेको गीतको भिडियो बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् ।...
‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल २०२०’ को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल २०२०’ को अन्तिम स्पर्धा सम्पन्न

बुटवल— मंसिर २३, २०७७। पि प्रोडक्सन नेपालले सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’ को उपाधि सन्ध्या श्रेष्ठ, बरुण भुषाल र रोशिनी खप्तरीले जित्न सफल भएका छन्। बुटवलको दरवार लनमा सम्पन्न भएको ग्राण्ड फिनालेमा सन्ध्याले ‘मिस वर्ल्ड वाईड नेपाल ईन्टरनेसनल, २०२०’ को ताज पहिरिदा बरुणले बरुणले ‘मिस्टर वर्ल्ड वाईड नेपाल, २०२०’को उपाधी हात पारे भने ‘मिस वर्ल्ड वाईड नेपाल, २०२०’ को ताज पहिरिन। त्यसैगरी ‘मिस वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी सपना क्षेत्री, ‘मिस्टर वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी निखिल योगी, ‘मिस वर्ल्ड वाईड नेपाल प्री-टिन, २०२०’ तर्फको उपाधी आयु्षा कालिराज र ‘मिस वर्ल्ड वाईड नेपाल लिटिल, २०२०’ तर्फको उपाधी आयु्षा पौडेलले हात पार्न सफल भएका छन। प्रशान्त शाहको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्...