रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)


नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीत मार्फत चर्चा कमाएका रक गायक बिनोद ढकालको यूट्युबमार्फत एउटा नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । गायक बिनोद ढकालकै शब्द, संगीत रहेको गीतको भिडियो बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *