गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)


काठमाडौं ३० मंसिर आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्बजनिक गरेका हुन् । उदयपुरका बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ ।

बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज÷मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *