कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ सार्वजनिक(भिडियो)


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत वाचा गरी को लिरिकल भिडियो सार्वजनिक भएको छ । यो गीत केही समय अगाडि रिलिज भएको गीतकार उपाध्यायको एकल रचनाको एल्बम घरोहर बाट लिईएको हो । सागर अधिकारी ‘शरद’ को सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र सपना अधिकारीले स्वर दिएका छन् ।

एक अर्काप्रतिको समर्पण भाव व्यक्त भएको यस गीतमा जुन विश्वाश र प्रेमले एक गराएको थियो त्यो विश्वाश र प्रेम अविरल अनि अटुट रहेका भावनाहरु व्यक्त भएका छन् । शब्दैपिच्छे फरक फरक आवाजमा रेकर्ड भएको यो विश्व कीर्तिमानी गीत सुरुदेखि अन्त्यसम्म नै एउटा शब्द मेल र अर्को शब्द फिमेल गरी रेकर्ड गरिएको छ । भिडियो गीतकार उपाध्यायको आफ्नै युट्युब च्यानल  DR Music & Creations बाट सार्वजनिक भएको हो ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् उहाँका ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *