‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ को आवेदन खुल्ला - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ को आवेदन खुल्ला


काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ ।
प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो ।

मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वल्र्ड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन ।

प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार १६ वर्षदेखि ४५ वर्षको हुनुपर्नेछ भने शारिरिक तौल ५० केजीभन्दा माथिको हुनुपर्नेछ। उचाईको सीमा भने तोकिएको छैन ।
अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई उनीहरुको व्यक्तित्व विकासका लागी प्रभावकारी विशेष प्रशिक्षण दिइने जानकारी आयोजक तथा मृगतृष्णा फेशन हाउसकी प्रमुख फेशन डिजाईनर तृष्णा गुरुङ्गले बताईन ।

मिस एण्ड मिसेज कर्भि नेपाल २०२० शो विजेताले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तैगरी फष्र्ट रनरअपले रुपैयाँ ३५ हजार प्राप्त गर्नेछन् भने सेकेण्ड रनरअपले रुपैयाँ १५ हजार प्राप्त गर्नेछन् ।

ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२० विजेयताले मिस एण्ड मिसेस विश्व सुन्दरी प्लस साईज, मिस एण्ड मिसेस युनिभर्स प्लस साईज र मिस एण्ड मिसेस कर्भी वर्ल्डको प्रतिनीधित्व गर्न पाउने ओसिस स्पाकी संचालक तथा कार्यक्रम निर्देशक सुशिला थापाले जानकारी दिईन ।

सहभागी बन्न निम्न स्थानहरुमा पाइनुका साथै तलको लिंकमा गएर अनलाईन फाराम भर्न सकिनेछ ।
मृगतृष्णा फेशन हाउस लाजिमपाट ९८४१९११८७७, ९८२५१२४४१०, ड्रिम्स इन्टरटेन्मैन्ट,बागबजार ९८०५३४५६७५, तेजस्वी कला केन्द्र एण्ड मिडिया नयाँबजार, कीर्तिपुर ९८०८६६३०५८०, ९८४१००१६३६ र ओसिस ब्युटी स्पा लाजिम्पाट ०१४४३३९८८, ९८६९३८९१२३

https://docs.google.com/forms/d/e/1FAIpQLSdoNyIfghMe4mqF2V3JwOTdYKM8AWI4cjNIMWTu_6RHeuurIA/viewform

Leave a Reply

Your email address will not be published. Required fields are marked *