रामेछापकी १९ वर्षीया मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२० - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

रामेछापकी १९ वर्षीया मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०


 वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न भएकाे छन् । भब्य र सभ्य रुपमा ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो।

अनलाईन कार्यक्रमकाबिच आज ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबले बिजेताको घोषणा गरेको हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी: एकराज घिमिरे, वातावरणविद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभियन्ता : रीत काफ्ले, शिक्षिकाः सुभाश शर्मा, कोडरः सुलव सुबेदी, नवप्रबद्र्धक र वैभव नाहटा, उद्द्यमी बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो।

मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ताकर्मी एवमं अभियन्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन् । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यका रूपमा पनि सक्रिय रुपमा सहभागी भईरहेकी छिन्।

त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाइल्ड क्लबमा” सामाजिक स्वयम् सेवकको रुपमा काम गरिरहेकी छिन्। स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन्।

देशभरिका किशोर किशोरीहरुबाट कुल ६ सय ४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो।
यी किशोरकिशोरीहरु समाज सेवा, बाल अधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपालबाट २०१५ मा शुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेरपछि २०१६ सम्ममा यसले नेपालकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो।

हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इण्डियाबाट २ जना सम्मनित भएका छन र श्रिलंकामा १ किशोरी सम्मनित भएका छन्।

वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको शुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वाता भएको थियो र आजको समारोहमा २०२० को बिजेता घोषणा गरिएको थियो।

यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वलश्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.), वरुण चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहेका थिए भने यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।

यस वर्ष प्रतिस्पर्धा विभिन्न स्कूल, कलेज र समुदायहरूमा अन्तक्र्रियात्मक सत्रहरू र अनलाइन सक्रियता कार्यक्रममार्फत किशोर किशोरीहरूमा राष्ट्रव्यापी पुगेको थियो।

स्थापनाको वर्षमा, यो काठमाडौं उपत्यकाभित्र मात्र सिमित भयता पनि अहिले आवेदनहरू देशका विभिन्न कुनाबाट आएका थिए। देशका विभिन्न स्कूल र कलेजहरूमा सक्रियता र सूचना सत्र सञ्चालन पछि यस वर्ष किशोर किशोरीहरूको लागि कुल अनलाइन पहुँच १० लाखभन्दा बढी रहेको थियो ।

देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकैसाथ ल्याउन ग्लोकलसँग बिभिन्न संघ संस्थाहरु साझेदारका रुपमा जोडिएको थियो । ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको थियो।

त्यस्तैगरी रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, पार्ट्नरका रुपमा कोकाकोला, होण्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिशहोम फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल रहेका छन् भने आतिथ्य पार्टनरः कोजीहोम बीएण्डबी, एयरलाइन्स पार्टनरः टर्किश एयरलाइन्स, टेलिभिजन पार्टनरः योहो टि.भी Education पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपालयुवा परिषद, AYON,Kwiks, View Your Choice, Genesis Cloud Academy रहेको थियो।

किशोरावस्था र उनीहरूको सामाजिक कार्य परियोजनाहरूको राष्ट्रिय मान्यतालाई प्रोत्साहित गर्नु बाहेक, ग्लोकल टीन हीरो अवार्डले युवा नेतृत्व, नवीनता, र देशभर सामाजिक दृष्टिकोणले सकारात्मक प्रभाव पार्ने दिशामा उनीहरूको पाइलाहरू अनुशरण गर्न प्रेरणा दिइरहेका छन् र प्रशस्त अवसरहरू प्रदान गर्दै आएको छ ।

ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिन वाई वाई ग्लोकल अन्तरार्ष्ट्रिय टिन सम्मेलन पनि भव्यताकासाथ सम्पन्न भएको थियो। राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागियो एक मौकाको रुपमा आयोजना गरिएको थियो। यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो।

यसबर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्री लन्का, पाकिस्तान तथा भीएतनाम लगाएतका देशहरुबाट उनीहरु सम्मेलनमा अनलाईन उपस्थिति जनाएका थिए। उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो। प्यानल छलफलका विषय उद्यमशीलता, सशक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको थियो।

ग्लोकल अन्तरार्ष्ट्रिय टिन सम्मेलन एक त्यस्तो मंच हो जहाँ किशोर किशोरीहरुले उद्यमशीलता, सशक्तिकरण तथा सामाजिक दृष्टिकोण बारेमा सिक्न सक्छन् । मित्रता गास्न र एक अर्काको संस्कृति झन अन्तर्क्रिया कार्यक्रम पनि राखिएको थियो। ग्लोकल अन्तरार्ष्ट्रिय टिन सम्मेलन संसारभरीका किशोर किशोरीहरुसंग सञ्जालको शुरुवात र विकास को अवसरहरु पहिचान गर्ने अवसर हो। दिगो मित्रता निर्माण र सांस्कृतिक आदान प्रदानका साथै उनीहरूको विचारहरु, दीक्षा, अन्तर्दृष्टि, दृष्टिकोण र अनुभव साझा गर्न र विश्व मामिला आधारित प्रभावमा किशोर किशोरीहरुलाई प्रतिबिम्बित गर्नु पनि यो सम्मेलन को लक्ष्य हो।

सम्मेलनको दौरान बिभिन्न सत्र र प्यानल छलफलका साथै दुई विभिन्न कार्यशालाहरू पनि आयोजना गरिएको थियो। कार्यशाला शौरब लोहानी द्वारा ग्रोथ माइण्डसेटको बारेमा आयोजना गरिएको थियो जुन किशोर किशोरीहरूलाई उनीहरूको निश्चित मानसिकताबाट मुक्त हुनका लागि र व्यक्तिगत र व्यावसायिक जीवनमा अथाह प्राप्त गर्न मद्दत गर्ने प्रयास हो।

त्यस्तै, उद्यमशीलता सम्बन्धी कार्यशालामा अन्ताप्रेरणाका सीईओ तथा संस्थापक नीरज खनाल बाट उनीहरूले उद्यमी सम्भावना र मानसिकता विकास गर्ने विचार प्राप्त गरे जुन २१ औं शताब्दीको एक आवश्यक सीप रहेको भनाई थियो।

सम्मेलनको एक सबै भन्दा रोमाञ्चक क्षेत्र परामर्श सत्र थियो । सम्मेलनका सहभागीहरूले शिक्षा, उद्यमशीलता, कूटनीति, लगायत नेपालका विभिन्न क्षेत्रका नेताहरूसँग कुराकानी गर्ने अवसर पाएका थिए।

परामर्शदातामा लतिका गोल्यान, निर्देशक, गोल्यान समूह, नरोत्तम अर्याल, अध्यक्ष, किंग्स कलेज, नेपाल, अमुन थापा, संस्थापक तथा सीईओ सस्तो डिल र फैजा परविन, ओपन स्पेस नेटवर्कका संस्थापक, सृष्टि के.सी, डब्लुडब्लुयफ नेपालको अभियान र शिक्षा अधिकारी, गौरव कँडेल, संस्थापक, भ्यू योर चोइस, मनोज ज्ञवाली, नबिल बैंकका उपमहाप्रबन्धक, र दीपेन्द्र बज्राचार्य, माइक्रोसफ्टबाट थिए।

तीनदिने वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली किशोरकिशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिया, छलफल र प्रेरणादायक परामर्श सत्र सहीत औपचारिक रुपमा सफलतापूर्वक समापन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *