स्वास्थ्य

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु
समाज, स्वास्थ्य

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

 पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो अहिलेसममकै उच्च संख्या हो ।नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।...
वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल
राजनीति, स्वास्थ्य

वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि : शुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।...
इटालीमा कोरोना संक्रमण रोक्न  कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू लाग्ने भएको छ। इटालीको लोम्बार्डिया क्षेत्रमा बिहीवार राती ११ बजे देखी बिहान ५ बजेसम्म कर्फ्यू लाग्ने भएको हो। अहिले तत्कालको लागि कर्फ्यूको समय तीन हप्ताको लागि तोकिएको छ। यो समयमा कसैलाई पनि घरबाट बाहिर निक्लन अनुमति नभए पनि बाहिर निक्लन आवश्यक परेको खण्डमा के गर्ने भन्ने बारे जानकारी आउन बाँकी छ। लोम्बार्डिया क्षेत्रमा सङ्क्रमितको संख्या दैनिक रूपमा बढीरहेको छ। यो क्षेत्रबाट नै फेब्रुअरी २१ मा पहिलो पटक इटालीमा कोरोना संक्रमण देखिन सुरु भएको थियो। अहिले आठ महिनापछि पनि लोम्बार्डिया क्षेत्रमै संक्रमणको संख्यामा तीब्र वृद्धि भएको छ। यसअघि नै इटालीको सबै शहरहरुमा मास्क अनिवार्य गरिएको थियो। रेस्टुरेन्ट, वार र पबहरु राती १२ बजे सम्म मात्रै खोल्न अनुमति दिइएको थियो भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट, वार र पब बाहिर जम्मा हुन प्रतिबन्ध लगाइएको थियो।...
नेपालमा कोरोनाबाट थप ८ जनाको निधन
समाचार, स्वास्थ्य

नेपालमा कोरोनाबाट थप ८ जनाको निधन

नेपालमा पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७६५ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।देशभर ३ हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै संक्रिय संक्रमितको सख्या ४१ हजार ७ सय ७५ रहेको डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका मध्ये काठमाडौं उपत्यकाका आधा भन्दा धेरै रहेका छन् । आज १३ हजार ८ सय ६१ पिसीआर परीक्षणमा ३ हजारको रिपोर्ट पोजटिभ आएको हो ।...
पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।...
काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।डा. गौतमका अनुसार काठमाडौंमा दुई हजार ८, ललितपुरमा दुई सय ८१ र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ।...
आज देशभर ३,७९० जना थप सङ्क्रमित
समाचार, स्वास्थ्य

आज देशभर ३,७९० जना थप सङ्क्रमित

गत २४ घण्टामा ३,७९० जनामा थप कोरोना सङ्क्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १५,७१४ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ। 
कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने
समाचार, स्वास्थ्य

कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने

 सरकारले अब कोरोना भाइरसको संक्रमण देखिएका सर्वसाधारणको खर्च नव्यहोर्ने भएको छ । अब तोकिएका बाहेक अन्य कुनै पनि व्यक्तिले कोरोना संक्रमण देखिएसर सरकारी अस्पतालमा भर्ना हुँदा पनि उपचार गर्दा लागेको खर्च आफैं व्यहोर्नु पर्ने भएको छ । आइतबार आयोजित कोडिभ १९ को नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तोकिएका बाहेक अन्य व्यक्तिले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको जानकारी दिए । असोज १९ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले उक्त व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार अब आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अति अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुले मात्रै कोरोनाको उपचार गर्दा लाग्ने शुल्क तिर्नुपर्ने छैन । यस्तै, अग्र पंतिम...
काठमाडौं उपत्यकामा थपिए १६९८ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १६९८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा १९९ र ललितपुरमा १३०  गरी जम्मा १६९८ जना संक्रमित थपिएका छन् ।यसअघि शनिबार (हिजो) काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
थप २९ सय ४२ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१
समाचार, स्वास्थ्य

थप २९ सय ४२ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण देखिएको बताए। उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १४ हजार ८७५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।त्यस्तै आज थप २ हजार ३२६ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।...