थप २९ सय ४२ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

थप २९ सय ४२ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१


 नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण देखिएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १४ हजार ८७५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।त्यस्तै आज थप २ हजार ३२६ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।

Leave a Reply

Your email address will not be published.