स्वास्थ्य

२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण
अन्तर्राष्ट्रिय, स्वास्थ्य

२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण

विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४ हजार ७३९ जनामा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३३ लाख २३ हजार ४५३ पुगेको छ । त्यसमध्ये ७७ हजार ७४८ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ७९७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १९ लाख नाघेको छ । यस्तै एकै दिन थप ४ हजार ४९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५९ हजार ९ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ९४ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । कोरोना भाइरसकै संक...
उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। काठमाडौँमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जना पुगेको छ। ...
पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ ।...
चितवनमा थप दुई सङ्क्रमितको मृत्यु
समाचार, स्वास्थ्य

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । ति वृद्धाको ...
काठमाडौँ उपत्यकामा ११ सय १० जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा ११ सय १० जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना पुष्टि भएको हो।...
शनिबार थपिए २२२५ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

शनिबार थपिए २२२५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ८ सय ४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ भने ३ हजार ३ सय २२ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ।...
कोरोना महामारी भयावह हुनसक्ने: डब्ल्यूएचओ
समाचार, स्वास्थ्य

कोरोना महामारी भयावह हुनसक्ने: डब्ल्यूएचओ

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २२ लाख पुगेको छ। ती मध्ये ३ करोड १३ लाख २९ हजार ८९३ निको भएका छन् भने ११ लाख ४६ हजार बढीको मृत्यु भएको छ। उता विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहोमनले उत्तरी गोलाद्र्ध कोरोना महामारीको स्थिति निकै नाजुक रहेको बताएका छन्। उनले आगामी केही महिना उत्तरी गोलाद्र्धमा कोरोनाबाट स्थिति नाजुक हुने चेतावनी दिएका छन्। ‘हामी नेताहरुसँग आग्रह गदछौं आगामी दिनमा कोरोनाबाट हुने मृत्युदर रोक्न तत्काल पहल सुरु गर्नुस्। स्वास्थ्य सेवा ध्वस्त हुँदैछन्। स्कुल फेरि बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने। उता इटलीमा पछिल्लो २४ घण्टामा १९ हजार १४३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै इटलीमा संक्रमितको संख्या ४ लाख ८४ हजार ८६९ पुगेको छ। इटटीमा हालसम्म ३७ हजार ५९ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी संक्रमित भएको मुलुक अमेरिकामा ८६ लाख ६४ हजार ३६५ जना संक्रमित भए...
थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए
समाचार, स्वास्थ्य

थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८६३ पीसीआर परीक्षण गरिएको थियो।...
भाेलिदेखि पाँच दिन काेभिड–१९ काे प्रेस ब्रिफिङ नहुने
समाचार, स्वास्थ्य

भाेलिदेखि पाँच दिन काेभिड–१९ काे प्रेस ब्रिफिङ नहुने

गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन नगरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने जानकारी दिएका हुन । बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भने। अपरान्ह सवा ४ बजेपछि दैनिकरुपमा हुने उक्त ब्रिफिङमा पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमित , निको भएका र मृत्यु भएकाहरुको विवरणसहित अन्य गतिविधिबारे जानकारी दिने गरिएको थियो ।प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाको तथ्यांक जानकारी दिइने प्रवक्ता गौतमले बताए ।...
काठमाडौं उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...