स्वास्थ्य Archives - राष्ट्रपत्र
मङ्लबार, अशोज ५, २०७८

स्वास्थ्य

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने
समाचार, स्वास्थ्य

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्।धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ।  दोस्रो लहरमा एकै परिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला शहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै हिँ...
२७ सय कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२७ सय कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २,७६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५६९ वटा पीसीआर र ५,४६८ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शुक्रबार थप ४४ जनाको मृत्यु भएको छ । ४०२० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ५९,६२४ पुगेको छ । परीक्षण गरिएकामध्ये संक्रमित दर १९ प्रतिशत छ । कूल संक्रमित संख्या ६ लाख १७ हजार ९४७ (पीसीआर परीक्षणमा पुष्टि भएका) र २४ हजार ८६१ जना (एन्टीजेन परीक्षण गर्दा) पुगेको छ । कूल मृत्यु ८६४१ पुगेको छ । ...
२४ घण्टामा २ हजार ७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा २ हजार ७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४४९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६८१ र  ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ६४ जना गरी २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार १८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ...
२ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको
समाचार, स्वास्थ्य

२ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको

गत २४ घण्टामा नेपालमा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् । ...
कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि
समाचार, स्वास्थ्य

कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि

चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराउनुभयो ।नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा. गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।उहाँले खोप लगाउन जाँदा...
आज चीनबाट ९ लाख खोप ल्याइँदै
समाचार, स्वास्थ्य

आज चीनबाट ९ लाख खोप ल्याइँदै

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु(याउनेछ । त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ...
थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको
समाचार, स्वास्थ्य

थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको

मंगलबार नेपालमा ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ३०६ पीसीआर र ६३० एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार ३८७ र २४९ जना गरी ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १६९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ७ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका छन् । ...
२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ। ...
कोरोनासंग कसैले खेलवाड नगरौं
समाचार, स्वास्थ्य

कोरोनासंग कसैले खेलवाड नगरौं

-डा.डिआर उपाध्याय, अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ । सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं । कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेला...
एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।