स्वास्थ्य

सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास

वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ। उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त काेराेना भए/नभएकाे पत्ता लागेकाे ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा याे उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र कोरोना परीक्षण गर्न अन...
धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्। उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये ९ सय ५४ पुरुष र ६ सय ८ पुरुष छन्।...
देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

पछिललो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । यस्तै ३ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २४ हजार ८३२ जना निको भएका छन् ।कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनासहित मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।...
कोरोना ब्रिफिङको तालिका परिवर्तन, अब हप्ताको दुई दिन मात्र
समाज, स्वास्थ्य

कोरोना ब्रिफिङको तालिका परिवर्तन, अब हप्ताको दुई दिन मात्र

स्वास्थ्य मन्त्रालयले देशभर कोरोना संक्रमणको स्थिति र संक्रमितहरुको अवस्थाबारे दिँदै आएको दैनिक जानकारी परिवर्तन गरेको छ। अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र भिडियो ब्रिफिङ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ती दिनमा साविककै ४ बजेर ३० मिनेटबाट ब्रिफिङ सुरु हुनेछ।अन्य दिन त्यसबारेको जानकारी मन्त्रालयको वेवसाइट, भाइवर, फेसबुक, ट्विटर र हाम्रो स्वास्थ्य नामक मोवाइल एपमा सोहि समयमै अपलोड गरिने गौतमले बताए।...
उपत्यकामा ८४३ सहित देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

उपत्यकामा ८४३ सहित देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् । संक्रमणका कारण ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ सय ८७ पुगेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा ...
हुम्लाबाट स्वाब सुर्खेत पठाइयो
समाचार, स्वास्थ्य

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

 जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो । पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।...
विश्वभर २४ घण्टामा थपिए २ लाख ५० हजार नयाँ संक्रमित,संक्रमितको संख्या ४ करोड ४० लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर २४ घण्टामा थपिए २ लाख ५० हजार नयाँ संक्रमित,संक्रमितको संख्या ४ करोड ४० लाख

 विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ। तीमध्ये तीन करोड १० लाख २३ हजार ३३३ जना निको भएका छन् भने हालसम्म ११ लाख ६७ हजारले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजार १६४ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ८९ लाख ७९ हजार ३६० जना संक्रमित भएका छन्। तीमध्ये २ लाख ३१ हजार ३४४ जनाको मृत्यु भएको छ। अमेरिकामा ५८ लाख ४३ हजार ३०३ जना निको भएका छन्। दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाख ७८ हजार ९७२ जना संक्रमित पुगेका छन् । ती मध्ये १ लाख १९ हजार ८७१ जनाको मृत्यु भएको छ भने भारतमा ७२ लाख ४२ हजार ९९५ जना निको भएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५४ लाख १५ हजार ६७१ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख ५७ हजार ५२८ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४८ लाख ६५ हजार ९३० जना निको भएका छन्। चौथो नम्बरमा रहेको र...
काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित

 काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् । विगत्को अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो। मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच सय ७० जना सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...
थप ५७० जनामा कोरोना पुष्टि, ३१ सय ६८ निको भए, १४ को मृत्यु
समाचार, स्वास्थ्य

थप ५७० जनामा कोरोना पुष्टि, ३१ सय ६८ निको भए, १४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।...
जाडोमा कोरोनाको प्रकोप बढने अनुमान:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

जाडोमा कोरोनाको प्रकोप बढने अनुमान:डा.डिआर उपाध्याय

जाडोमा कोरोनाको प्रकोप बढने अनुमान अव जाडो सुरु हुन थालेको छ ।जाडोमा कोरोनाको प्रकोप बढने अनुमान गरिएको छ । जाडो सुरु नहुँदै काठमाडौँ उपत्यका र देशका केही जिल्लाहरूमा सङ्क्रमणको स्थिति भयावह बन्दैगएको अवस्था छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको परिस्थिति भयावह बन्दै गएको छ । अस्पतालमा बिरामीको चाप बढेर आइसीयू र भेन्टिलेटरको अभाव भइसकेको छ । सरकारले सक्रिय सङ्क्रमितको बिरामीलाई अस्पतालमा उपचार गराउन नसकिने भन्दै हात नै उठाइसकेको छ ।समान्यतया जाडोको समयमा रुघाको प्रकोप बढ्ने गर्छ । रुघाबाट जोगीन न्याँनो कपडा लगाउने , तातो पानी पटक पटक पिउने गर्नु पर्छ । सरकारले जाडो याममा प्रकोप बढ्ने सम्भावनालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरण, उद्धार र राहतका विभिन्न कार्यक्रम तय गर्नु पर्ने देखिन्छ । सरकार सुरुदेखि नै कोरोनाको सम्भावित सङ्क्रमणप्रति करिब करिब उदासीन रहँदै आएको छ । कोरोना नियन्त्रणसम्बन्धी नीत...