पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको


पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।

३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.