शनिबार थपिए २२२५ जना कोरोना संक्रमित - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

शनिबार थपिए २२२५ जना कोरोना संक्रमित


नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ८ सय ४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ भने ३ हजार ३ सय २२ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ।

Leave a Reply

Your email address will not be published.