समाचार

चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक,वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा
मनोरन्जन, समाचार

चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक,वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा

काठमाडौँ – महामारीका कारण रोकिएको प्रतिक्षित चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ  । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ ओएसआर डिजिटल युट्यब च्यानलबाट रिलिज भएको छ ।   ट्रेलर रिलिजसंगै लक्का जवान टिम प्रदर्शनको प्रचार प्रसारमा तिव्र रुपमा लाग्ने भएको छ । पहिले नै सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो । https://www.youtube.com/watch?v=8BmoLPdSFFo केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ,किरण केसी, सरोज खनाल, स्व.जयनन्द लामा,दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । पहिला नै दुई गीत सार्वजनिक गरिसकेको चलचित्र वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँ...
राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै
मनोरन्जन, समाचार

राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै

काठमाण्डौँ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य, राष्ट्रिय चलचित्र कलाकार संघका केन्द्रिय सदस्य तथा चलचित्र प्रदर्शन अनुगमन प्रतिनिधि राजेश महर्जन हाल निर्माताको रुपमा प्रस्तुत भईरहेका छन । आफ्नो तीन दशकको लामो अनुभव पछी उनले हाल निर्माताको रुपमा आफ्नो पहिलो नेपाली चलचित्र ‘स्टुडेन्ट’को घोषणा सहित छाँयाकनको कार्य पनि शुरु गरिसकेको जानकारी गराउनु भयो । राज सिने आर्ट्सको निर्माण तथा महर्जनकै प्रस्तुती रहेको यस् चलचित्रलाई राम कृष्ण बजगाईले निर्देशान् गर्दै छन भने नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक कमल राइको रहने छ । २३ वर्ष अघी नेपाली चलचित्र ‘माईली’मा रहेको चर्चित गीत ‘बांझो खेतमा छडके सलाम’ बोलको गीतलाई रिमेक गरी यस् चलचित्रमा आवद्ध गराइएको र हालै छांयाकन पनि सम्पन्न गरिएको जानकारी पनि निर्माता महर्जनले गराउनु भयो । रिमेकमा वरिष्ठ स...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न
मनोरन्जन, समाचार

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् । त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्ष...
जनताको जनजीविकाको सवालमा केही कुरा
राजनीति, समाचार

जनताको जनजीविकाको सवालमा केही कुरा

-डा.डिआर उपाध्याय, पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आय स्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भए पछि बाँच्न गाहारो हुन थाल्यो । जनताको ढाँड सेकिने गरी यसरी महंगी बढनु भनेको त्यति राम्रो संकेत होइन । पछिल्ला समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्ेयै छ । सरकार अब यो बिषयमा गम्भिर देखिनु पर्ने जरुरी छ । सरकारले बर्तमान समयमा देखिएका यी जनताका तमाम समस्या समाधान गर्न नसके अलोकप्रिय हुने निश्चित छ । महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौं छ । यति बेला विविध खाले समस्याबाट जनता पीडित छन । सरकारले जनताको समस्या समाधान गर्न छिटो पहल गर्नु पर्ने देखियो । पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेन भनेर आलोचना सुरु हुन थालेको छ । अहिले सरकार जनताको समस्या समाधान गर्ने विषयमा केन्द्रीत हुनु प...
संजित र चन्दा फिचर्ड प्रताप दासको ‘आउ न आउ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

संजित र चन्दा फिचर्ड प्रताप दासको ‘आउ न आउ’ सार्वजनिक(भिडियो)

चर्चित गायक प्रताप दासको स्वरमा ‘आउ न आउ’ बोलको गीतको भिडियो एक कार्यक्रमका वीच बालुवाटारस्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सार्वजनिक भएको छ । टाईम्स स्क्वाएरका संचालक एवं युवा व्यबसायी राजन ढकालले बोधी एचडी यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन । संचारकर्मी,भिडियोका कलाकार तथा प्राविधिकहरुको उपस्थितीमा उक्त भिडियो सार्वजनिक गरिएको हो । https://youtu.be/Yc4C7QkL6AU अहिलेका व्यस्त एवं चकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारी तथा मोडल चन्दा कुईकेल फिचर्ड भिडियोलाई फेशन फोटोग्राफीमा लोकप्रियता हासिल गरेका र पछिल्लो पटक निर्देशनमा सक्रिय कुुवेर तामाङ्गको निर्देशनमा तयार भएको हो । नायक भण्डारीका केहि चलचित्र प्रदर्शनको क्रममा रहेका छन भने र छायांकन हुदै गरेको चलचित्र संख्या पनि उतिकै रहका छन । सिन्धुली तथा धुलीखेलको रमणीय स्थानहरुमा छायांकन भएको भिडियो करीब ३ दिन लगाएर...
चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ?
राजनीति, समाचार

चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ?

-डा.डिआर उपाध्याय, राजनीतिले जनतालाई खान लगाउन दिदैन तर पनि जनता राजनीतिक दल र तिनका नेताहरुको पछि नै छन । अब पनि उनीहरुको पछि लागेर के गर्ने ? राजनीतिक दल र तिनका नेताको पछि लागेको कति बर्ष भयो यसो हिसाव गर्नुस् त हामी के पाएऔं ? हामीले केवल महंगी पाएका छौं । दिन दिनै महंगी बढेको बढै छ कसरी जिवन धान्ने भन्ने चिन्ता हामी सबै गरिव जनतामा छ । के हामी जीन्दगी चिन्तामा बिताउन पाएका हौं ? यो होइन, हाम्रो देशका शासक, प्रशासक नै गलत भए । देश सहि ढंगले चल्न सकिरहेको छैन । जसले गर्दा हामीले दुख्ख पाइरहेका छौं र पाइरहने छौ । कम्युनिस्टहरुको त कुरा मात्र हो, ब्यवहारमा सिन्को भाँच्दैनन् । चर्को भाषण गरेर मात्र हुन्छ की जनताको पनि सेवा गर्ने हो ? कम्युनिस्ट देखि पनि आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्धिका कुरा गर्ने ब्यवहारमा लागु नगर्ने कति दिन जनतालाई ढाँटेर राजनीति गर्ने...
प्रकाश सापकोटाको शव्द,प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रकाश सापकोटाको शव्द,प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)

गीतकार प्रकाश सापकोटाको शव्दमा गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ । https://youtu.be/hs7IWSZtNE4 भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।...
डा.डिआरको किर्तिमानमाथी किर्तिमान विश्वकिर्तिमान १०८ पुुग्यो
मनोरन्जन, समाचार

डा.डिआरको किर्तिमानमाथी किर्तिमान विश्वकिर्तिमान १०८ पुुग्यो

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो । डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचा...
मदनकृष्णको स्वर, सरनाको निर्देशनमा सरलाको ‘तिमिलाई जब गुमाए’ (भिडियो)
मनोरन्जन, समाचार

मदनकृष्णको स्वर, सरनाको निर्देशनमा सरलाको ‘तिमिलाई जब गुमाए’ (भिडियो)

लोकप्रिय अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको तिमीलाई जब गुमाए बोलको गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । गैरीधारा स्थित भोजघरमा आयोजित कार्यक्रममा ३५ वर्ष अगाडी गीतकार सरला श्रेष्ठको रचनामा तयार भएको उक्त गीतको भिडियोलाई गायक श्रेष्ठकै सुपुत्री सराना श्रेष्ठले निर्देशन गरेकी हुन । पछिल्लो पटक गायन संग संगै भिडियो निर्देशनमा समेत सक्रिय रहेकी सरानाको स्वरमा रहको गीतहरु लोकप्रिय छन । लोकप्रिय अभिनेता हरिवशं आचार्य, किरण केसी, शिवहरि पौडेल, अशोक शर्मा, गौरी शंकर धुजु,यमन श्रेष्ठ लगायत भिडियोका कलाकारहरु नायिका केकी अधिकारी,मोडल नाजिर हुसेन लगायतको निर्माण टिमको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको थियो । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । https://www...
प्रम देउवाको भारत भ्रमण
राजनीति, समाचार

प्रम देउवाको भारत भ्रमण

-डा.डिआर उपाध्याय, आज प्रम शेर बहादुर देउवा भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । देउवाको भारत भ्रमण सफल बनोस् भन्ने आशा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । नेपाल र भारत बीचको सम्बन्ध सौहार्द र सुदृढ बनोस् । दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनु पर्छ । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या उत्पन्न नभएको होइन, तथापि त्यस्ता समस्याको समाधान कूटनीतिक ढंगले समाधान पनि भएका छन । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्ध सधै कायम रहिरहनु पर्दछ । देउवाको भारत भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप उचाइमा पु...