समाचार

‘मेरो प्यारो गाउँ’ लोकार्पण
मनोरन्जन, समाचार

‘मेरो प्यारो गाउँ’ लोकार्पण

प्रबिन राईको पुर्बेली लोकगीति एल्बम ‘मेरो प्यारो गाउँ’ लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ट गायक तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा एल्बमको लोकार्पण गरिएको हो । कार्यक्रममा वरिष्ट कलाकार उत्तम के.सी, सुवाश गजुरेल, नायक सितल के. सी., निर्देशक अमर ओली तथा सर्जक शंकर अधिकारी घायल, दर्पण राई हुनुहुन्थ्यो । समाजसेवी रामचन्द्र कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्था का प्रमुखसमेत रहनुभएका सर्जक, सङ्गीतकार तथा मोडल कलाकार बिजेन्द्र नौवागेले यस्तो जटिल समय मापनि आफ्नो भावना लाई कदर गर्न कार्यक्रम माउपस्थित हुने सबैलाइ हार्दिक नमन गर्दै केही समयमानै गीत भिडियो सहित युटुब मार्फत पनि सार्वजानिक गरिने बताउनुभयो । मेलिना राई र प्रविन राई को स्वर रहेको यो गीत मा शब्द र सङ्गीत बिजेन्द्र नौवागे को रहेको छ । किङ स्टुडियो मा रेकर्ड गरिएको यो गीत को एरेञ्ज दिवा...
कुशल कलाकार बन्न चाहन्छु : श्रृष्टि लामा
अन्तरवार्ता, समाचार

कुशल कलाकार बन्न चाहन्छु : श्रृष्टि लामा

उहाँ गीतमात्र गाउनुहुन्न् मोडलिङ र नृत्य पनि गनुहुन्छ । उहाँ हुनुहुन्छ ज्याज गायिका श्रृष्टि लामा । आगामी दिनमा भने उहाँ एउटा विधालाई अँगालेर अगाडि बढ्ने सोचमा हुनुहुन्छ । ‘रहरले कला क्षेत्रमा हात हालियो’ उहाँ भन्नुहुन्छ, ‘अबचाहीँ गायन र मोडलिङलाई प्राथमिकता दिनेछु । मेरो लक्ष्य भनेको कुसल मोडल बन्ने हो ।’ विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल गायन प्रतिभा प्रस्तुत गर्दै आईरहनुभएको श्रृष्टि लामा विशेष त म्युजिक भिडियोमा आफूलाई स्थापित गराउँन चाहनुहुन्छ । श्रृष्टिले टेक्सा ए. एण्ड एम. विश्व बिद्यालय दोहाबाट मानव संसाधनमा स्नातक गर्नुभएको छ भने चर्चित साङ्गीतिक ब्याण्ड ईलाइटसँग आबद्ध रहेर ज्याजसङ्ग गाउँदै आइरहनु भएको छ । सङ्गीतकलाको क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गर्नुभएको श्रृष्टि लामासंग मिलापका लागि गरिएको कुराकानीः- ० आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?आफ्नै स्वरमा गीत रेकर्डिङ गर्न...
कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द
अर्थ/व्यापार, समाचार

कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द

प्रदर्शनीमार्ग नजिकै रहेको नेपाल पर्यटन बोर्डका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोसँगै बोर्डबाट अर्को सूचना जारी नभएसम्म कार्यालय भवनभित्र कुनै पनि भेटघाट तथा कार्यक्रम नगराइने नगर्ने भएको बोर्डले जनाएको छ। यही असोज २५ र २६ गते बोर्डका केही कर्मचारमिा कोरोना पुष्टि भएको थियो भने अन्य कर्मचारी समेत उनीहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका थिए। सोही कारण सम्भावित संक्रमण रोक्न यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।यही २८ गतेदेखि चार दिनसम्म ट्रेकिंग परमिट दिनेबाहेक अन्य सबै काम पूर्ण रुपमा बन्द गरिएको बोर्डका कर्पोरेट सर्भिसेज महाशाखाका निर्देशक सन्तोष पन्तले जानकारी दिए। अब कार्यालयको निर्मलीकरण तथा कोभिड १९ परीक्षणको काम गरिने भएका कारण पनि सेवा बन्द गर्नुपरेको पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।...
स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने
शिक्षा, समाचार

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।...
मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’
अपराध, समाचार

मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’

गोर्खा ब्रुअरीले उत्पादन गरिरहेका विभिन्न ब्रान्डका बियरमा मापदण्ड नपुगेको पाइएको छ। आन्तरिक राजश्व विभागका अनुसार गोर्खा ब्रुअरीद्वारा उत्पादित कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा, सानमिगल बियर मापदण्डविपरीत पाइएका हुन्। विभागका महानिर्देशक विनोदबहादुर कुँवरका अनुसार मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि नयाँ अन्तःशुल्क निर्धारण गरिएको छ। उनले भने, ‘बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ छ। मापदण्डविपरीत उत्पादन भएको पाइएपछि ४ सय ३० रुपैयाँ कायम गरिएको छ। यो आफैंमा कारबाही हो।’ विभागका अनुसार बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्छ। तर गोर्खा ब्रुअरीले आफ्ना बियरमा जौको मात्रा कम राखेको पाइएको हो।अहिले विभागले गोर्खा ब्रअरीका बियरका लागि तोकेको अन्तःशुल्क दर उच्च अल्कोहल हुने पेय पदार्थलाई जत्तिकै हो।...
शताक्षी एजुकेशनल फाउण्डेसनले युकेको चेस्टर विश्वविद्यालयको भर्चुअल सेसन सञ्चालन गर्ने
शिक्षा, समाचार

शताक्षी एजुकेशनल फाउण्डेसनले युकेको चेस्टर विश्वविद्यालयको भर्चुअल सेसन सञ्चालन गर्ने

युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर शताक्षी एजुकेशनल फाउण्डेसनले यही शुक्रबार अक्टुवर १६ तारिकका दिन नेपाली समय दिनको ३ देखी ४ बजेसम्म भर्चुअल इन्फरमेसन सेसन सञ्चालन गर्ने भएको छ ।काठमाडौंको डिल्लीबजार स्थित यस फाउण्डेसनले बेलायतको युनिभर्सिटी अफ चेस्टरमासंग विद्यार्थीहरुलाई भर्चुअल संवाद मार्फत फस्ट हेन्ड इन्फरमेसन प्रदान गर्नुका साथै विद्यार्थीलाई अहिलेको वर्तमान शैक्षिक अवस्थाका वारेमा विश्वविद्यालयबाट सत्य तथ्य जानकारी प्रदान गर्न लागेको हो । फाउण्डेसनका सिईओ उमेश ढुंगेलले युकेमा अध्ययनका लागि जान चाहने विद्यार्थीले चेस्टर विश्वविद्यालयका प्रतिनिधीसंग सिधै छलफल गर्न सक्ने र युके अध्ययनका बारेमा आफ्ना जिज्ञासा राख्न सक्ने बताए । ‘यो सेसन विद्यार्थीका लागि निकै फलदायी हुनेछ त्यसैले यो असहज अवस्थाका बीच पनि यस कार्यक्रमको आयोजना गरेका हौं’ ढुंगेलले भने ‘ युनिभर्सिटी अफ च...
शिक्षामा ५ सहसचिव र ३० उपसचिवको पदपूर्ति हुने
शिक्षा, समाचार

शिक्षामा ५ सहसचिव र ३० उपसचिवको पदपूर्ति हुने

काठमाडौं - सहसचिव विहीन हुँदै गएको शिक्षा मन्त्रालयमा ५ जना सहसचिवको पदपूर्ति हुने भएको छ । शिक्षा सेवामा ५ जना सहसचिव पदपूर्ति गर्ने गरी बुधबार लोकसेवा आयोगले विज्ञापन गरेको हो । १ जना जेष्ठता, २ जना कार्यक्षमता, १ जना आन्तरिक प्रतिस्पर्धा र १ जना मधेसी कोटामा विज्ञापन भएको छ । जेष्ठताका लागि उपसिचवमा बढुवा हुँदाको मितिलाई आधार मानिन्छ । यो पदमा अहिले शिक्षक सेवा आयोगमा कार्यवहाक प्रशासकीय प्रमुखका रुपमा कार्यरत दिनेश श्रेष्ठको बढुवा हुने पक्का जस्तै छ । किन भने उनी शिक्षा सेवाका उपसचिवहरु मध्ये सबै भन्दा वरिष्ठ हुन् । कारवाही नभएको, बढुवा मिति, तालिम, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यााकन आदीका आधारमा लोकसेवा आयोगले बढुवा गर्ने प्रावधान छ । यसका लागि उम्मेद्वारले बढुवा फारम भरेर बुझाउने र सम्बन्धित मन्त्रालयले उम्मेद्वारको व्यक्तिगत फाईल बुझाए पछि आयोगले आवश्यक प्रकृया पुरा गरेर बढ...
चक्रवातका कारण भारतमा भीषण वर्षा, सडक बन्याे नदी
अन्तर्राष्ट्रिय, समाचार

चक्रवातका कारण भारतमा भीषण वर्षा, सडक बन्याे नदी

चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा भीषण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन्। तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो। जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी छ। हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन। हैदराबादका धेरै तराई क्षेत्रमा बाढी आएको छ र त्यहाँका घर जलमग्न भएका छन्। त्यहाँको हुसैन सागर तालको जलस्तर निकै माथि पुगेको छ। खैराताबाद, टोली चौकी, बोरबण्ड, सिकन्दराबाद, अम्बरपेट, अलबिनगर, वनस्थलीपुरम, हयातनगर र अब्दुल्लापुर क्षेत्रमा भारी वर्षाका कारण अवस्था एकदम...
हैदराबादमाथि चेन्नाईको २० रनको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

हैदराबादमाथि चेन्नाईको २० रनको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार दुबाईमा भएको खेलमा चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो । १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए । असअघि पहिले ब्याटिङ्ग गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ३८ बलमा ४२, अम्बाती रायडूले ३४ बलमा ४१, साम करेनले २१ बलमा ३१ तथा रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन बनाए ।...
स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय
अपराध, समाचार, स्वास्थ्य

स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अस्पतालहरुले अनिवार्य बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई पत्र काटेको छ । मन्त्रालयले आफु मातहतका ४ विभागलाई निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले त्यस अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर्...