मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’ - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’


गोर्खा ब्रुअरीले उत्पादन गरिरहेका विभिन्न ब्रान्डका बियरमा मापदण्ड नपुगेको पाइएको छ।

आन्तरिक राजश्व विभागका अनुसार गोर्खा ब्रुअरीद्वारा उत्पादित कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा, सानमिगल बियर मापदण्डविपरीत पाइएका हुन्।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरका अनुसार मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि नयाँ अन्तःशुल्क निर्धारण गरिएको छ।

उनले भने, ‘बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ छ। मापदण्डविपरीत उत्पादन भएको पाइएपछि ४ सय ३० रुपैयाँ कायम गरिएको छ। यो आफैंमा कारबाही हो।’

विभागका अनुसार बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्छ। तर गोर्खा ब्रुअरीले आफ्ना बियरमा जौको मात्रा कम राखेको पाइएको हो।अहिले विभागले गोर्खा ब्रअरीका बियरका लागि तोकेको अन्तःशुल्क दर उच्च अल्कोहल हुने पेय पदार्थलाई जत्तिकै हो।

Leave a Reply

Your email address will not be published.