हैदराबादमाथि चेन्नाईको २० रनको जित - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

हैदराबादमाथि चेन्नाईको २० रनको जित


इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार दुबाईमा भएको खेलमा चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो । १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए ।

असअघि पहिले ब्याटिङ्ग गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ३८ बलमा ४२, अम्बाती रायडूले ३४ बलमा ४१, साम करेनले २१ बलमा ३१ तथा रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *