युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर शताक्षी एजुकेशनल फाउण्डेसनले यही शुक्रबार अक्टुवर १६ तारिकका दिन नेपाली समय दिनको ३ देखी ४ बजेसम्म भर्चुअल इन्फरमेसन सेसन सञ्चालन गर्ने भएको छ ।
काठमाडौंको डिल्लीबजार स्थित यस फाउण्डेसनले बेलायतको युनिभर्सिटी अफ चेस्टरमासंग विद्यार्थीहरुलाई भर्चुअल संवाद मार्फत फस्ट हेन्ड इन्फरमेसन प्रदान गर्नुका साथै विद्यार्थीलाई अहिलेको वर्तमान शैक्षिक अवस्थाका वारेमा विश्वविद्यालयबाट सत्य तथ्य जानकारी प्रदान गर्न लागेको हो । फाउण्डेसनका सिईओ उमेश ढुंगेलले युकेमा अध्ययनका लागि जान चाहने विद्यार्थीले चेस्टर विश्वविद्यालयका प्रतिनिधीसंग सिधै छलफल गर्न सक्ने र युके अध्ययनका बारेमा आफ्ना जिज्ञासा राख्न सक्ने बताए । ‘यो सेसन विद्यार्थीका लागि निकै फलदायी हुनेछ त्यसैले यो असहज अवस्थाका बीच पनि यस कार्यक्रमको आयोजना गरेका हौं’ ढुंगेलले भने ‘ युनिभर्सिटी अफ चेस्टर बेलायत अध्ययनमा जाने विद्यार्थीका लागि आर्थिक रुपले पनि उत्तम विकल्प हो ’ ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई यस विसम परिस्थितिमा पनि अनलाईन भर्चुअल माध्यमबाट परामर्श सेवा दिईरहेको यस संस्थाले युके अध्ययनका विषयमा भर्चुअल सेसन आयोजना गर्न लागेको हो । यस सेसनमा विद्यार्थीले विश्वविद्यालयको शैक्षिक गुणस्तर , भौतिक पूर्वाधार, त्यहाँको बसाईका बारेमा आफ्ना कुरा राख्नुका साथै विश्वविद्यालयमा अध्ययनका लागि आवश्यक योग्यता, कागजात, भिसा पोलिसि, लागतखर्च लगायत सम्पूर्ण विषयमा जानकारी लिन सक्नेछन् । सिईओ ढुंगेल भन्छन् “विद्यार्थीहरु यो सेसनमा सहभागी भएर विश्वविद्यालयको सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमा चेस्टर विश्वविद्यालयको इन्टरनेशनल अफिसर इला सिद्धिकीसँगे भर्चुअच संवाद मार्फत जोडिन सक्नेछन् ” ।
सेशनमा विश्वविद्यालयमा अध्यापन हुने विभिन्न कोर्षका बारेमा पनि विद्यार्थीले आफ्नो जिज्ञासा राख्न सक्नेछन् । सन् २०२० मा स्टुडेन्ट क्राउडले गरेको एक अध्ययनमा चेस्टर युनिभर्सिटी बेलायतको उत्कृष्ट २० मध्ये परेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय विद्यार्थी पढ्ने हिसावले यो बेलायतकै दोस्रो नम्बरमा पर्दछ । सन् १८३९ देखि विश्वविद्यालयले फाउण्डेसन कोर्स, अण्डर ग्राजसएट र पोष्ट ग्राजुएट कोर्समा अध्यापन गराउँदै आएको छ । विद्यार्थी मैत्री वातावरणमा अध्यापन हुने यस विश्वविद्यालयमा क्विन्स पार्क, पार्केट रोड, रिभर साइड क्याम्पस चेस्टर, किंग्स वे क्याम्पसलगायतका अन्य क्याम्पस पनि छन् । जहाँ विद्यार्थीले विभिन्न विषयमा विषयगत शिक्षा पाउँछन् ।
युके अध्ययन र चेस्टर विश्वविद्यालयको विषयमा थप जानकारीका लागि ०१–४४४३७८२, ९८१८०५९८७६ वा ९८५१००२५५९ मा सम्पर्क गर्न सकिने फाउण्डेसनले जनाएको छ ।