कुशल कलाकार बन्न चाहन्छु : श्रृष्टि लामा - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

कुशल कलाकार बन्न चाहन्छु : श्रृष्टि लामा


उहाँ गीतमात्र गाउनुहुन्न् मोडलिङ र नृत्य पनि गनुहुन्छ । उहाँ हुनुहुन्छ ज्याज गायिका श्रृष्टि लामा । आगामी दिनमा भने उहाँ एउटा विधालाई अँगालेर अगाडि बढ्ने सोचमा हुनुहुन्छ । ‘रहरले कला क्षेत्रमा हात हालियो’ उहाँ भन्नुहुन्छ, ‘अबचाहीँ गायन र मोडलिङलाई प्राथमिकता दिनेछु । मेरो लक्ष्य भनेको कुसल मोडल बन्ने हो ।’ विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल गायन प्रतिभा प्रस्तुत गर्दै आईरहनुभएको श्रृष्टि लामा विशेष त म्युजिक भिडियोमा आफूलाई स्थापित गराउँन चाहनुहुन्छ । श्रृष्टिले टेक्सा ए. एण्ड एम. विश्व बिद्यालय दोहाबाट मानव संसाधनमा स्नातक गर्नुभएको छ भने चर्चित साङ्गीतिक ब्याण्ड ईलाइटसँग आबद्ध रहेर ज्याजसङ्ग गाउँदै आइरहनु भएको छ । सङ्गीतकलाको क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गर्नुभएको श्रृष्टि लामासंग मिलापका लागि गरिएको कुराकानीः-

० आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
आफ्नै स्वरमा गीत रेकर्डिङ गर्ने तयारीमा थिए कोरोना भाइरस (कोभिड-१९)को कहरका कारण त्यो काम थाति रहेको छ । म्युजिक भिडियोको काम थियो । ‘लकडाउन’ सुरू भएयता त्यतिकै बसिराछु ।

० के देखेर मोडलिङ प्रति आकर्षित हुनुभयो ?
मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरू रहेका छन् भने क्षमतावान तथा कला भएकाहरूको लागि आफू चर्चित हुने राम्रो माध्येम पनि हो । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दाम दुबै कमाउँन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिने गरेको पाईन्छ । मेरो पनि सानैदेखिको चाहना हो गायन र मोडलिङ ।

० साङ्गीतिक ब्याण्ड ईलाइटसँग आबद्ध रहेर ज्याजसङ् गाउँने मान्छे अरु शैलिका गीत गाउँन अप्ठेरो हुन्न ?
दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज सङ्गीतकार तथा रङ्गभेद विरोधी अभियानकर्मी ह्यु मासकेलालाई ज्याज सङ्गीतका पिता मानिन्छ । पृथक अफ्रिकी ज्याज धुनका लागि र ‘सोएटो ब्लुज’ जस्ता चर्चित गीतहरूबाट मासकेलाले विश्वव्यापी ख्याति कमाउनु भएको थियो । बिभिन्न देशमा ज्याज गीत, सङ्गीतलाई आ–आफ्नै तरिकाले महत्व दिएको पाईन्छ । हामीकहाँ पनि यसको आफ्नै स्थान र स्रोता छन् । जहाँसम्म मेरो कुरा छ नेपाली भाषी भएकीले पप, आधुनिक गीत गाउँन मलाई गाह्रो हुन्न ।

० कहिलेबाट यो क्षेत्रमा लाग्नु भयो र भविष्यको योजना के छ ?
सानै उमेरदेखि गायन, नृत्य र मोडलिङमा रूचि थियो । अध्ययनका कारण समय दिन सकिरहेकी थिईन । अव त समय मिलाएर काम गर्न सक्छु । भविष्यमा चर्चित भन्दा पनि कुशल मोडल तथा गायिकाको रूपमा चिनिन चाहन्छु ।

० कस्तो गीत गाउँन मनपर्छ र किन गाउँनुहुन्छ ?
मलाई सबै खालका गीत गाउँन मनपर्छ । तर, पनि पप, आधुनिक अलि बढी मनपर्छ । गीतसङ्गीत सबैलाई मनपर्छ । सङ्गीत भनेको सुख दुःखको साथी हो । गीतसङ्गीतले दुःख बिर्साइदिन्छ । त्यसैले मन बुझाउँन गाएकी हुँ । र गीत, सङ्गीतले जीव र जगतलाई उर्जा दिन्छ ।

० गीत गाउँन सजिलो कि मोडलिङ ?
काम कुनै पनि सजिलो भन्ने छैन । यी दुबै विधा फरक–फरक पाटो हुन् । भिडियोमा काम गर्दा बिभिन्न लोकेशनमा गएर दृश्य कैद गर्नुपर्ने हुन्छ । गीत स्टुडियो भित्र गाउँने भएकोले मोडलिङ भन्दा गाउँन सजिलो जस्तो देखिन्छ ।

० एउटा छान्नु पर्‍यो भने प्राथमिकता चाहीँ केलाई दिनुहुन्छ ?
दुबै विधामा काम गर्ने मलाई रहर र इच्छा छ । गर्न सक्छु पनि । तर, पहिलेदेखि गीत गाउँदै आईरहेकी भएको कारण मोडलिङलाई अलि प्राथमिकता दिने बिचार गरेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *