‘मेरो प्यारो गाउँ’ लोकार्पण - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

‘मेरो प्यारो गाउँ’ लोकार्पण


प्रबिन राईको पुर्बेली लोकगीति एल्बम ‘मेरो प्यारो गाउँ’ लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ट गायक तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा एल्बमको लोकार्पण गरिएको हो ।

कार्यक्रममा वरिष्ट कलाकार उत्तम के.सी, सुवाश गजुरेल, नायक सितल के. सी., निर्देशक अमर ओली तथा सर्जक शंकर अधिकारी घायल, दर्पण राई हुनुहुन्थ्यो ।

समाजसेवी रामचन्द्र कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्था का प्रमुखसमेत रहनुभएका सर्जक, सङ्गीतकार तथा मोडल कलाकार बिजेन्द्र नौवागेले यस्तो जटिल समय मापनि आफ्नो भावना लाई कदर गर्न कार्यक्रम माउपस्थित हुने सबैलाइ हार्दिक नमन गर्दै केही समयमानै गीत भिडियो सहित युटुब मार्फत पनि सार्वजानिक गरिने बताउनुभयो ।

मेलिना राई र प्रविन राई को स्वर रहेको यो गीत मा शब्द र सङ्गीत बिजेन्द्र नौवागे को रहेको छ । किङ स्टुडियो मा रेकर्ड गरिएको यो गीत को एरेञ्ज दिवान किनारले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *