समाचार

हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?
राजनीति, समाचार

हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?

डा.डी.आर.उपाध्याय-काठमाडौं – आज मुलुक समस्या नै समस्याले घेरिएको अवस्थामा छ । राजनीतिक दल र तिनका नेताहरुलाई कुनै चासो नै नभएको देखिन्छ । यदि उनीहरुलाई मुलुकको भाग्य र भविष्यको चिन्ता र चासो हुन्थ्यो भने आज यो देश यस्तो अवस्थामा रहने थिएन । मुलुकको अर्थतन्त्र ओरालोतिर लागेको छ । देशको अर्थतन्त्र नै थला परेको अवस्था छ । यस्तो अवस्थामा पनि अनियमितता हुन छोडेको छैन । सबैले आलो पालो देश लुट्ने मात्र काम गरिरहेका छन् । भ्रष्टाचारले सिमा नाघेको छ । जनता मुकदर्शक भएर बसेका छन् । जनताले संघर्ष गरेर बलिदान गरेर ल्याएको ब्यवस्थामाथि नेताहरुको मनपरी चलेको छ । हिजो राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु घर जोडेर छतमा बसेर घाम ताप्दै हाइ गरिरहेका छन् । के यसैका लागि राजनीतिक परिवर्तन भएको हो ? आज जनताको मतको कदर हुन छाडेको छ । सबै पदका लागि लडाइँ गरेका छन् । नेताहरुलाई आफू र ...
कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

कृष्ण रसालको कोरियोग्राफमा रहेको गीत ‘के पारा हो यस्तो’ सार्वजनिक भएको छ । मनोज लकान्द्रिको स्वर र समिर आचार्यको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=6yyzgkPTpJc पेन्टर कृष्णको निर्देशन रहेको गीतको भिडियोमा अर्चना डी क्षेत्रीको अभिनय छ । ओम गोर्खालीको छायाँकन र मिन विश्वकर्माको सम्पादन रहेको भिडियोमा अष्ट्रेलियाका सुन्दर दृश्य कैद गरिएको छ । सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो बनेको र दर्शक स्रोताले मन पराउनेमा आफू आशावादी रहेको कोरियोग्राफर रसालले बताउनुभयो ।  भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त
राजनीति, समाचार

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ । मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ । लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर...
रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)

नेपालबाट भर्खर अमेरिका फर्केका  वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत “एउटा ढुकुर उडिगयो” युट्युबबाट संसारभर र नेपालमा जनता टेलिभिजन, जनता टेलिभिजनबाट एक साथ रिलिज  गरेका छन् । https://www.youtube.com/embed/6ROhNu-sR04?feature=oembed दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीत “एउटा ढुकुर उडिगयो” मा रामप्रसाद खनाल भन्छन् । खनालको आफ्नै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनिता बुढाले खनाललाई स्वरमा साथ दिएकी छिन भने अभिनयमा शोभा त्रिपाठीको मिठो साथ रहेको छ । त्यसै गरी खनाललाई निर्मल शर्माले निर्देशन र अभिनयमा दुबैमा साथ दिएका छन् । थानेस्वर गौतम को सङ्गीत, कमल सरगमले सङ्गीत संयोजन गरेको यो गीत रामप्...
“अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने
मनोरन्जन, समाचार

“अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने

काठमाडौं । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष के.डी भट्टराईले दिएको जानकारी अनुसार माघ १५ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहनेछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रासको बीचमा पनि मनोरंजन दिने र नयाँ प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना गर्न लागेको भट्टराईले बताए । उनले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्नेछ। यदि भिडियोमा कपिराइट लागेको खण्डमा प्रतियोगिलाई डिस्क्वालिफाई गरिने बताइएको छ। प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक अनिल बि. डि.आर, जादुगर तथा कलाकार राजेन्द्र गिरि(गुन्द्रुके), आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष एवम् फेसन कोरियोग्राफर...
के बर्षा सिवाकोटी राजनीतिमा आउन लाकी हुन ? – “राजनीति  चल्दैन “(भिडियो)
मनोरन्जन, समाचार

के बर्षा सिवाकोटी राजनीतिमा आउन लाकी हुन ? – “राजनीति चल्दैन “(भिडियो)

भन्छन- सम्बन्धमा “राजनीति चल्दैन ” प्रणय दिवश अर्थात भ्यालेन्टाइन डे नजिकिदै छ । एकातिर राजनीतिक सरगर्मी पनि बढेको छ । चारै तिर राजनीति चलेको बेला प्रसिद्ध गीतकार लोकराज अधिकारी भने “राजनीति चल्दैन “भन्दैछन । ” हाम्रो सम्बन्धमा राजनीति चल्दैन ” बोलको नयाँ र फरक शैलिको गीतकार अधिकारीको गीतमा गायक कृष्ण काफ्लेको स्वर रहेको छ । शुक्रबार सार्बजनिक भएको ‘राजनीति चल्दैन’ बोलको गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी, मोडेल सुधिर श्रेष्ठ र रोशन केसीको अभिनय देख्न सकिन्छ । https://youtu.be/xEqonIuMzDU अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ । निशान घिमिरेको निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन हरि हुमागाईंले गरेका हुन् भने भिडियोको कोरीयोग्राफी टीम एमडिएको रहेको छ । सबैतिर खराब राजनीति चलेपनी पार्टी नै फुटेपनी माया-प्रेममा सम्बन्धमा खराब राजनी...
दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)

गायक दिपेन गुरुङ ‘एकेए बबाल’ र्‍याप गीत ‘स्वतन्त्र’ सार्वजनिक भएको छ । दिपेनकै शब्द, कम्पोज र निर्माण रहेको गीत ‘स्वतन्त्र’को भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=wiGYne30p0U नेपाली चलचित्र निर्देशन गरिसक्नु भएका सुयोग गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको अभिनय रहेको छ । म स्वतन्त्र भइ बाच्न चाहन्छु, मलाई स्वतन्त्र छोडिदेउ भन्ने भाव रहेको गीतको भिडियोमा अन्य कलाकारलाई पनि देख्न सकिन्छ । गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ । दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका र्‍याप गीत लोकप्रिय रहेका छन् । आफ्ना यसअघिका गीतलाई जस्तै ‘स्वतन्त्र’लाई पनि दर्शक/स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताउनुभयो ।...
मधुमेह के हो ? कारण र रोकथामका उपाय
समाचार, स्वास्थ्य

मधुमेह के हो ? कारण र रोकथामका उपाय

– डा.प्रियादर्शिनी योन्जन, काठमाडौं । मधुमेहको विरामी तीब्र गतिमा वढिरहेको छ । हाल विश्वभर ५३७ मिलियन भन्दा वढिको संख्यामा मधुमेह रोगी रहेका छन । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो । समयमा उपचार गरिएन भने यस रोगले विभिन्न अंगहरुलाई हानी पुर्याउन सक्छ । मधुमेह कुनै पनि उमेर, लिङ्ग र जातिको मानिसलाई हुन सक्ने रोग हो । मधुमेह अथवा डायवेटीज ग्रीक शव्द Siphon बाट आएको हो । Melltus  मेलिटस ल्याटिन शव्द हो । जसको अर्थ मिठो (गुलीयो) हो ।छैठौं शताव्दीमा भारतमा सुश्रुत नामका उपचारकर्ताले मधुमेह पहिचान गरे र यसलाई मधुमेको नाम दिएका थिए । मधुको अर्थ मह हो । प्राचिन समयका भारतीयहरु मानिसको पिसाबमा आकर्षित भएको देखेर मधुमेहको परिक्षण गर्थे ।सन १७७६ मा म्याथ्यु डोव्सनले मधुमेहको बिरामीको पिसाबमा चिनीको मात्रा बढि भएको कारण मधुमेह रोगीको विसाबको स्वाद मिठि भएको पुष्टि गरेका थिए ।सन् १८८९ मा जोसेफ व...
सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्ड
शिक्षा, समाचार

सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्ड

सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्डको सम्मान प्राप्त भएको छ ।करिब एक वर्षदेखि ब्रिटिश काउन्सिलमा ईन्टरनेशनल अवार्डका लागि सहभागिता जनाउदै आएको अनामनगरमा रहेको सिटि मन्टेश्वरीले यो वर्ष फुल अवार्डडेड भई ईन्टरनेशनल स्कूलको परिचय बनाउन सफल भएको छ । करिब २०० भन्दा बढि विद्यार्थीहरु रहेको सिटि मन्टेश्वरीमा कक्षा एलकेजी देखि कक्षा तीन सम्मका विद्यार्थीहरु उक्त प्रोजेक्टमा सहभागी भएका थिए । आठ वटा प्रोजेक्टमा विभिन्न देशका विभिन्न स्कूलका विद्यार्थीहरुलाई भर्चुयल माध्यमबाट कक्षा संचालन गरि प्रोजेक्टमा सहभागि गराइएको थियो । विश्वव्यापी शिक्षाको अवधारणा अनुसारको विषयहरुको जवाफ दिनुपर्ने भएकोले स -साना बालवालिकालाई सिटि मन्टेश्वरीका विद्यार्थीहरुलाई केहि असहज लागे पनि अनुभवी शिक्षक शिक्षिकाको अथक प्रयासले यो सम्भव भएको मन्टेश्वरीका प्रिन्सिपल पुष्पा रिजालले जानकारी द...
रमेश कडरियाको ‘कठोर’मा रचना रिमालको स्वर(भिडियो)
मनोरन्जन, समाचार

रमेश कडरियाको ‘कठोर’मा रचना रिमालको स्वर(भिडियो)

लामो समयदेखि संगीत र अभिनय कर्ममा क्रियाशिल रमेश कडरियाको म्युजिक भिडियो ”कठोर ” सार्वजनिक भएको छ। भिडियोमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ ।साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्ति माथि खबरदारी गर्दै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । https://youtu.be/mTKWUzAL8-U यस गीतमा स्वर रचना रिमालको , शब्द सबिना श्रेष्ठको र संगीत कडरिया स्वयमको रहेको छ। मुख्य कलाकारमा लक्ष्मी बर्देवा र रमेश कडरिया रहेका छन।...