मधुमेह के हो ? कारण र रोकथामका उपाय - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

मधुमेह के हो ? कारण र रोकथामका उपाय


– डा.प्रियादर्शिनी योन्जन,

काठमाडौं । मधुमेहको विरामी तीब्र गतिमा वढिरहेको छ । हाल विश्वभर ५३७ मिलियन भन्दा वढिको संख्यामा मधुमेह रोगी रहेका छन । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो । समयमा उपचार गरिएन भने यस रोगले विभिन्न अंगहरुलाई हानी पुर्याउन सक्छ । मधुमेह कुनै पनि उमेर, लिङ्ग र जातिको मानिसलाई हुन सक्ने रोग हो । मधुमेह अथवा डायवेटीज ग्रीक शव्द Siphon बाट आएको हो । Melltus  मेलिटस ल्याटिन शव्द हो । जसको अर्थ मिठो (गुलीयो) हो ।
छैठौं शताव्दीमा भारतमा सुश्रुत नामका उपचारकर्ताले मधुमेह पहिचान गरे र यसलाई मधुमेको नाम दिएका थिए । मधुको अर्थ मह हो । प्राचिन समयका भारतीयहरु मानिसको पिसाबमा आकर्षित भएको देखेर मधुमेहको परिक्षण गर्थे ।
सन १७७६ मा म्याथ्यु डोव्सनले मधुमेहको बिरामीको पिसाबमा चिनीको मात्रा बढि भएको कारण मधुमेह रोगीको विसाबको स्वाद मिठि भएको पुष्टि गरेका थिए ।
सन् १८८९ मा जोसेफ वोन मेरिङ्ग र ओस्कर मिन्कोस्कीले मधुमेहमा प्यान्क्रियाजको भूमिका पत्ता लगाएका थिए । कुकुरहरुको प्यान्क्रियाज हटाए पछि मधुमेहको लक्षणहरु देखिने उनीहरुले पत्ता लगाएका थिए । सन् १९१० मा सर एडवर्ड अल्बर्टले ईन्सुलिनको कमीबाट मधुमेह भएको पत्ता लगाए ।
मधुमेह भएका व्यक्तिले ग्लुकोजलाई सही रुपमा प्रयोग गर्न सक्दैनन् । यो अवस्था ईन्सुलिन हर्मोनको कमीले वा ईन्सुलिनने प्रभावकारी रुपमा काम नगरेको कारणले गर्दा हुने हो ।
मधुमेहका प्रकार
मधुमेह चार प्रकारका हुन्छन ।
क) टाईप ( १ , ख) टाईप( २, ग) गर्भवती अवस्थामा हुने मधुमेह घ) अन्य प्रकारका डायविटिजः (जस्तै, प्यान्क्रियाज ईमोनलकारणबाट हुने मधुमेह, औषधीले गराउने डायबिटिज आदि ।
९० प्रतिशत भन्दा बढिमा हुने मधुमेह टाईप २ हो । टाईप २ मधुमेह भएको व्यक्तिको प्यान्क्रियाजले बनाउने ईन्सुलिन हर्मोन प्रभावकारी रुपमा काम गर्न सक्दैन र २ संगै प्यान्क्रियाजले पर्याप्त मात्रामा ईन्सुलिन बनाउन सक्दैन ।  ईन्सुलिनले राम्ररी काम नगर्ने हुनाले रगतमा ग्लुकोजको मात्रा बढ्दै जान्छ र संगै प्यान्क्रियाजले थप ईन्सुलिन उत्पादन गर्दै जान्छ ।

मोटोपन, शारिरिक निस्क्रियता र खराब खानपानका कारण बालवालिका र युवाहरुम मधुमेह बढ्दै गएको देखिन्छ । मधुमेहको सवै भन्दा प्रभावकारी उपचार भनेको स्वस्थ आहार, शारीरिक बढाउनु र स्वस्थ तौल कायम राख्नु हो । मधुमेह नियन्त्रणमा राख्नको लागि औषधीहरु पनि प्रयोग गर्न सकिन्छ ।
टाईप : २ मधुमेह हुने धेरै कारणहरु छन् । जस्तै, परिवारमा वावु आमालाई मधुमेहका लक्षणहरु तिर्खा बढ्ने, पिसाब धेरै लाग्ने, थकाई लाग्ने, तौल घट्ने,आंखा धमिलो हुनु, हात खुट्टामा सनसन हुुने, घाउ ढिलो निको हुने हुन । धेरै मधुमेहका व्यक्तिहरुमा लक्षणहरु हल्का नदेखिने पनि हुन सक्छ । स्वस्थ आहार र नियमित व्यायामबाट मधुमेहको रोकथाम गर्न सकिने अनुसन्धानले देखाएको छ । यदि तपाईको तौल बढि छ भने क्यालोरी सीमित गर्नुहोस, SATURATED जस्तै, घिउ, मक्खन,क्रिमको सट्टा

UNSATURATED FAT  जस्तै, बदाम,ओलिभ आयल, Vegetal आयल लिन उपयुक्त हुन्छ । गुलियो खानेकुरा जस्तै, चिनि, मह,मिठाई,जुस, कोक फान्टा, छोड्ने र फाईवर आहार बढाउनु हो । जस्तै, फलफुल,तरकारी,सलाद ।

स्वस्थ खानपान भनेको धुम्रपान छोड्नु र अत्याधिक रक्सि सेवन कम गर्नु पनि हो । दिउसोको समयमा आराम गर्ने कम गर्नुपर्छ । मधुमेह भएका व्यक्तिहरुले आफ्नो शरिर सक्रिय राख्नुपर्छ । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो यस रोगबाट जटिलताहरु आउने डर हुन्छ । समयमा मधुमेहको निदान भएमा यसलाई नियन्त्रणमा राख्ने र यस रोगबाट आउने समस्याहरुबाट बचाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published.