समाचार

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड
मनोरन्जन, समाचार

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् । नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुगन...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको छ । बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ८० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले बिहीबार सार्वजनिक गर्नुभएको गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यस पटक उहाँले सार्वजनिक गरेको गीति कवितामा शास्त्रीय संगीतमा प्रयोग भएका ७४ रागको नामबाट, एउटै गीतमा नौबटै रस अभिव्यक्त गरिएको, विश्वका अत्यधिक वेशभूष, संसारमा प्रचलित कमिक्स, संसारका प्रचलित कार्टून फिल्म, विश्व प्रसिद्ध हिरो/अभिनेता, विश्व प्रसिद्ध नायिका/अभिनेत्री, संसारका प्रसिद्ध नदी, संसारका विभिन्न खेल, संसारको ठूलो-साने चर्चित चङ्गा, विभिन्न रङ...
स्टार आरजेको लागि भोटिङ्ग खुल्ला
मनोरन्जन, समाचार

स्टार आरजेको लागि भोटिङ्ग खुल्ला

झापाको दमकमा रहेको रेडियो झापा (१००. ७ मेगाहर्ज) र प्लानेट मल्टिमिडियाको आयोजनामा स्टार आरजे को दोस्रो संस्करण गत पुस २९ गते देखि तालिम सञ्चालन भएको थियोे । दक्ष रेडियोकर्मी तथा संचारकर्मि उत्पादन गर्ने साथै संचार क्षेत्रमा दक्ष्य जनशक्ती उत्पादन गर्ने उदेश्यका साथ शुरु भएको तालिममा खोटाङ, पाँचथर, ईलाम, मोरङ साथै झापा बाट २५ जना सहभागी रहेका थिए । बिभिन्न चरण पश्च्यात टप १५ मा पर्न सफल सहभागीहरु प्रतिस्प्राधाअत्मक ब्यबहारिक प्रतिस्प्राधामा आफ्नो प्रस्तुती दिने चरण रहेका छन । जस अन्तर्गत बिभिन्न विषयमा आफ्नो प्रस्तुतिहरु दिईरहेका छन । उनिहरुको योग्यता र कलालाई पहिचान गरि ग्लोबल अनलाइन पे मार्फत सहभागी प्रतिस्पर्धीहरु लाई भोट गरि जिताउन सक्ने रेडियो झापाका प्रबन्धक निर्देशक कोशिस शिवाकोटिले जानकारी गराए । यस अघी गत बर्ष पनि स्टार आरजे सञ्चालन भएको थियो । स्टार आरजेको यो दोस...
रक ब्यान्ड एमटी ८८४८ को‘ब्लु जिन्स ठिटी'(भिडियो)
मनोरन्जन, समाचार

रक ब्यान्ड एमटी ८८४८ को‘ब्लु जिन्स ठिटी'(भिडियो)

नेपाली रक गित संगित पारखी हरु माझ रक शैली कै गित पस्किने हेतु चर्चित नेपाली रक ब्यान्ड एमटी ८८४८ ले आफ्नो नया गित ‘ब्लु जिन्स ठिटी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्ड कै शब्द संगित रहेको गित ब्लु जिन्स ठिटी को म्युजिक भिडियो मा ब्लु जिन्स लायेकी ठिटी को भुमिका चर्चित डान्स रियालिटी शो बुगि वुगि कि प्रथम प्रतिस्पर्धी एवं ब्यस्त नृत्यांगना मोडल कबिता नेपाली ले निभायेकी छिन र उनी लाई संजित तुलाधर ले साथ दियेका छ्न। https://youtu.be/mXfvWWvqzbs ब्यान्ड को आफ्नै युट्युब च्यानल मा राखियेको म्युजिक भिडियो लाई आवेश बज्राचार्य र धन योन्जन तामाङ ले खिचेका हुन भने सम्पादन माधब बेल्बासे को रहेको छ ,साथै भिडियो लाई अमृत सुनुवार ले निर्देशन गरेका हुन ।...
‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा
मनोरन्जन, समाचार

‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा

फेसियल हाउसले विभिन्न पर्व तथा समारोहमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तररता दिएको छ । एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् । अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् । फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ । दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् । उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् । उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु । उनले फेसियल हाउस क...
सत्तारुढ दल भित्र एमसीसी सम्झौता गलपासो
राजनीति, समाचार

सत्तारुढ दल भित्र एमसीसी सम्झौता गलपासो

-डा.डिआर उपाध्याय, एमसीसी सम्झौताका बिषयलाई लिएर सत्तारुढ दल भित्र गलपासो लागेको छ । आज हामीले देखिरहेका छौ, संसद देखि बाहिर रहेका पार्टी र संसद भित्रका केही दलहरुले एमसीसीको बिराध गरिरहेका छन । नेपाली काँग्रेस बाहेक अरु सबै एमसीसी पास गर्ने पक्षमा छैनन् ।प्रधानमन्त्री शेर बहादुर देउवाले राजनीतिक दल र तिनका नेताहरुलाई एमसीसी पास गराउने बिषयमा फकाउने काम गरिरहेका छन । आज हामीले देखिरहेका छौ की सत्ता गठबन्धन भित्र यसको पक्ष र बिपक्षमा ठूलो बिवाद बढेर गएको छ । माधब, प्रचण्ड संसोधन बिना पास गर्ने पक्षमा छैनन् बरु गठबन्धन टोडन तयार छन ।एमसीसीको बिषय शुरुदेखि नै विवादास्पद बन्यो, यसको समाधान खोज्ने नाममा धेरै बैठक र छलफल भए तर अहिले सम्म निकास निस्कन सकेको छैन । यो विवाद चरमोत्कर्षमा पुगेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको मिति नजिकिँदै जाँदा यो विषय थप पेचिलो बन्दै गएको...
पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक
मनोरन्जन, समाचार

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् । शान्ति, भाइचारा र ए...
अग्रगामी नेपालको नयां कार्यसमिति चयन
समाचार, समाज

अग्रगामी नेपालको नयां कार्यसमिति चयन

‘अग्रगामी नेपाल’ सामाजिक संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको प्रारम्भिक साधारण सभा तथा नयाँ कार्य समितीको निर्वाचन सम्पन भएको हो । संस्थाको अध्यक्षमा दीपक डोटेल, उपाध्यक्षमा रोजल थापा, सचिवमा बिन्द्र किरांत, कोषध्यक्षमा सबिना तामाङ र सदस्यहरूमा गणेश शेर्पा, रमिता महर्जन, देवराज खत्री, रिपल पौडेल र झरना कुईकेल निर्वाचित हुनुभएको छ । आमा घर का संस्थापक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रम सभापति रुपेन्द्रकुमार साउद र सभा संयोजक रोजल थापाले गर्नुभएको थियो । पुराना तथा नयाँ कार्य समितीको निर्वाचन समिती संयोजकमा अधिवक्ता हरि जमकटेल रहनुभएको थियो ।...
बादल थापा मगरको ‘नुनको भारी’ (भिडियोसहित)
मनोरन्जन, समाचार

बादल थापा मगरको ‘नुनको भारी’ (भिडियोसहित)

दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/HXzRZHlPkms भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ । विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ । भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ ।...
जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)
मनोरन्जन, समाचार

जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/y65stjoPCd0 जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो । ...