समाचार

अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो
खेलकुद, समाचार

अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विज’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ। प्रतियोगितामा १६ देखि २४ वर्षसम्मका युवाले निःशुल्क सहभागी भई प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता युवाहरुको  बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको कलेजले जनाएको छ। विगतमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक बिधामा सञ्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ। दुवै विधामा आवेदन खुलेको आयोजकले बताएको छ। दुवै विधाका प्रतियोगितामा विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । को को सहभागी हुन पाउने? ...
देशमा भ्रष्टाचार माहामारी जसरी फैलदै
राजनीति, समाचार

देशमा भ्रष्टाचार माहामारी जसरी फैलदै

-डा.डिआर उपाध्याय, भ्रष्ट आचार भएका ब्यक्तिहरुलाई हामी सबैले बहिष्कार गर्ने आँट गरौं । भ्रष्ट आचारसँग भ्रष्टाचार जोडिएको हुन्छ । पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने जुन कार्य भइरहेको छ त्यो नै गलत कार्य हो । हरेक अनियमिता, ठगी, बेइमानीजस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । हाम्रो देशमा भ्रष्टाचार भनेको माहामारी जसरी फैलदै गएको छ । यसको जरो देखि उखेलेर फाल्ने कार्यमा हामी सबै जुटनु पर्छ । भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो । अहिले मुलुकमा एकपछि अर्कोगरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल मात्र फैलिएको छ ।नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । यो रोगलाई निमूल पार्नु पर्छ । भ्रष्टाचारको अंक बढेर अर्बैंमा पुगेको छ । न्यायालय, शिक्षालय सबै कार्यालयमा भ्रष्टाचार छ । भ्रष्टलाई कारबाही गर्नु पर्छ । दलका शीर्...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को १५ गते बाट प्रशिक्षण शुरु
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को १५ गते बाट प्रशिक्षण शुरु

मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि अन्तिम चरणको छनौट प्रक्रिया सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । वरिष्ठ हांस्य कलाकार उत्तम केसी, बरिष्ठ कलाकार तथा निर्देशक लय संग्रौला, वरिष्ठ अभिनेत्री रश्मि भट्, महिला निर्देशक सुचित्रा श्रेष्ठ तथा मिसेस व्यूटिफुल नेपाल २०२० कि विजेता उर्मिला पन्त को जुरी टिमले सहभागिहरुको अडिसन लिएका थिए । गिता उफ्रेतीको संचालन रहेको अडिसन कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहे पनि जुरी टिमले मात्र १५ जनालाई छनौट गरेको थियो ।बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रिया सम्पन्न भए लगतै आउदो १५ गते बाट नियमित प्रशिक्षण शूरु हुन जानकारी आयोज...
साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट
अर्थ/व्यापार, समाचार

साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

काठमाडौं । अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनि प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउनेछन् । मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान...
ऐतिहासिक चलचित्र ‘सिन्धुलिगढी’ले पायो छाँयाकन अनुमति पत्र
मनोरन्जन, समाचार

ऐतिहासिक चलचित्र ‘सिन्धुलिगढी’ले पायो छाँयाकन अनुमति पत्र

काठमाण्डौं, माघ ११ बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र “सिन्धुलीगढि” को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो । सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण गर्ने चलचित्रमा लेखन निर्देशन बिश्वमणि घिमिरेको रहने छ भने मुख्य कलाकारहरु अडिसन प्रकृयाबाट छनोट भैरहेका छन । सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने चलचित्रलाई साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले सहयोग गर्नेछन । जसका लागी चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने छ । हिन्दी, अङ्ग्रेजी भाषामा पनि डब गरिने ऐतिहासिक ‘सिन्धुलीगढी’को कुल लागत नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै उच्च रहने छ भने सो को जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइने छ ।...
ओमिक्रोन महामारी संक्रमणको त्रास
समाचार, स्वास्थ्य

ओमिक्रोन महामारी संक्रमणको त्रास

-डा.डिआर उपाध्याय, बर्तमान देउवा नेतृत्वको सरकारले जनताका तमाम समस्या समाधान गर्ने बाटोमा लाग्नु पर्छ । सरकार भनेको जनताको अभिभावक हो । जनताको दुख्खमा साथ दिन सरकार हर दिन तयार भएर बस्नु पर्छ । जनताले कर तिरेका हुन्छन् । जनताको करमा देशको शासन सत्ता चलेको हुन्छ । आपत बिपत पर्दा सरकारले जनताको पिर मर्का बुझन सक्नु पर्छ । आज जनता आपत बिपतमा पदै छन । गरिव निमुखा जनताको गाँस बाँस कपास सरकारले ब्यवस्था गरिदिनु पर्छ । गरिव निमुखा जनताको अबस्था अहिले के छ त्यो बुझन जरुरी भएको छ । कोरोना महामारीको त्रासले यी निमुखा गरिव जनताहरु त्रासमा छन । कोरोना महामारीको त्रासले कति दिन सताउने हो कुनै ठेगान छैन । गरिव निमुखा जनताको चुलो बलेको छ की छैन त्यो बुझन जरुरी छ । आज हरेक उपभोग्य सामानको भाउ निकै आकासिएको छ । यो महंगीले गरिव निमुखा जनताको चुलो बल्न सकेको छैन । गरिव जनताको पक्षमा सबैले गम्भिरताका सा...
ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण
समाचार, स्वास्थ्य

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

ॐ चाबहिल डेन्टलले कोटेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो । डेन्टल शाखाको उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने बताए । सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालका...
अग्रज लोकप्रिय लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा,मेरी आमा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अग्रज लोकप्रिय लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा,मेरी आमा”सार्वजनिक (भिडियो)

आफ्नो चौध वर्षको अमेरिकाको बसाइलाई पनि रामको १४ वर्षको वनवास जस्तै भनेर तुलना गर्ने अग्रज लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनालले यस पटक गाएको आफ्नो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत “तिम्री आमा, मेरी आमा” भर्खरै सार्वजनिक गरेका छन् ।नेपालका अहिलेका चलेका देखी जाने मानेका सम्म धेरै लोक दोहोरी गायक, गायिकाका पथ प्रदर्शक, गुरु, र उनीहरूलाई टेलिभिजन स्क्रिनमा सिकाइ सिकाइ पहिलो टेक दिने खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये पहिलो कोसेली  “हे कृष्ण, हे राम” धार्मिक भजन गत साता नै सार्वजनिक गरेका थिए । अग्रज लोक गायक, दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् ।  उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दो...
युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?
अर्थ/व्यापार, समाचार

युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

-डा.डिआर उपाध्याय, नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ। अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट...
अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा
अपराध, समाचार

अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो । नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधन छ । यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको जनाइएको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को विवरणमात्र समावेश गरिएको छ । विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक नियोगमार्फत राहदानी सेवा उपलव्ध गराउँदै आएको तथा उक्त अविधि सम्ममा ६८ लाख ६ हजार ९१३...