के बर्षा सिवाकोटी राजनीतिमा आउन लाकी हुन ? - "राजनीति चल्दैन "(भिडियो) - राष्ट्रपत्र
बिहिबार, बैशाख ६, २०८१

के बर्षा सिवाकोटी राजनीतिमा आउन लाकी हुन ? – “राजनीति चल्दैन “(भिडियो)


भन्छन- सम्बन्धमा “राजनीति चल्दैन ” प्रणय दिवश अर्थात भ्यालेन्टाइन डे नजिकिदै छ । एकातिर राजनीतिक सरगर्मी पनि बढेको छ । चारै तिर राजनीति चलेको बेला प्रसिद्ध गीतकार लोकराज अधिकारी भने “राजनीति चल्दैन “भन्दैछन । ” हाम्रो सम्बन्धमा राजनीति चल्दैन ” बोलको नयाँ र फरक शैलिको गीतकार अधिकारीको गीतमा गायक कृष्ण काफ्लेको स्वर रहेको छ । शुक्रबार सार्बजनिक भएको ‘राजनीति चल्दैन’ बोलको गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी, मोडेल सुधिर श्रेष्ठ र रोशन केसीको अभिनय देख्न सकिन्छ ।

अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ । निशान घिमिरेको निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन हरि हुमागाईंले गरेका हुन् भने भिडियोको कोरीयोग्राफी टीम एमडिएको रहेको छ । सबैतिर खराब राजनीति चलेपनी पार्टी नै फुटेपनी माया-प्रेममा सम्बन्धमा खराब राजनीति चल्दैन प्रेम टुट्दैन भन्ने सन्देश गीतका शब्दमा छन । धेरै हिटहरु दिएर दर्शक र श्रोताको मन जित्न सफल गीतकार लोकराज अधिकारीले यो गीत पनि धेरैले मन पराउने मा आशाबादी छन । उनी गीत प्रती आएका सकारात्मक प्रतिकृया बाट उत्साहित पनि छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *