लामो समयदेखि संगीत र अभिनय कर्ममा क्रियाशिल रमेश कडरियाको म्युजिक भिडियो ”कठोर ” सार्वजनिक भएको छ।
भिडियोमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ ।साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्ति माथि खबरदारी गर्दै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।
यस गीतमा स्वर रचना रिमालको , शब्द सबिना श्रेष्ठको र संगीत कडरिया स्वयमको रहेको छ। मुख्य कलाकारमा लक्ष्मी बर्देवा र रमेश कडरिया रहेका छन।