अपराध Archives - Page 2 of 5 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

अपराध

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्ममाथी मुद्दा दायर
अपराध, अर्थ/व्यापार, समाचार

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्ममाथी मुद्दा दायर

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले विभिन्न पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गरेका तथा उपभोक्ता ठगीको आरोपमा पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरिएको हो । गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङलाई मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले बताए । मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको दासले जनाए । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालय प्रमुख दासले जानकारी दिए । ‘अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौँ’, उनले भने । माता...
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ
अपराध, समाचार

अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ

अन्नपूर्ण चिनी मिलका मालिक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती प्रभाव अग्रवाललाई पक्राउ गरेको छ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो । ...
किसानको भुक्तानी नदिने श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी
अपराध, समाचार

किसानको भुक्तानी नदिने श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी

उखु किसानको भुक्तानी नदिएर ठगी गरेको आरोपमा रौतहटको मह्मदपुर गुरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उखु किसानको भुक्तानी नदिएर ठगी गरेको आरोपमा रौतहटको मह्मदपुर गुरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उखु उत्पादक संघसहित किसानहरुले बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दायर गरेपछि मिल्सका सञ्चालकसहितविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ४६ जना किसानले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झाविरुद्ध पक्राउ...
पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा
अपराध, समाचार, स्वास्थ्य

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

 नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ। नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो। प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो। सरकारी क्यान्सर अस्पताललाई सरकारले नै तोकेको शुल्कभन्दा बढी शुल्क लिएको आरोपमा कारवाही गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा रा...
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश
अपराध, समाचार

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश गरेको छ। चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई थुनछेक बहसपछि आइतबार थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए। २०६६ भाद्रदेखि २०६७ फाल्गुनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिवको हैसियतले उनले ललिता निवासको जग्गालाई वालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका लागि प्रस्ताव लगेका थिए। ...
घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डे भ्रष्टचारी ठहर
अपराध, समाचार

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डे भ्रष्टचारी ठहर

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर भएका छन्। घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले शुक्रबार फैसला गर्दै भ्रष्टचारी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको सँयुक्त इजलासले विभागकै तत्कालिन शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरुमा पौडेल र केसीलाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा तत्कालिन महानिर्देश पाण्डे पनि पक्राउ परेका थिए। पाण्डेलाई पक्राउ २०७४ कात्तिक २८ गते पक्राउ गरेको थियो। तत्कालिन महानिर्देशक पाण्डेले कालो सूचीमा परेको एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ...
बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ
अपराध, समाचार

बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ

बलात्कार मुद्दामा कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले सुनसरी अदालतबाट आज सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले उनलाई सफाइ दिएका हुन् । अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सिद्धबाबालाई १६ मंसिर ०७६ मा अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि चर्को आलोचना भएको थियो । त्यसपछि ९ माघमा उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सुनसरी अदालतले उनलाई सफाई दिएको छ । ...
टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी
अपराध, समाचार

टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

पाल प्रहरीले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका विभिन्न सामाजिक सञ्जालमा अमर्यादित, दुराचारयुक्त तथा अश्लील सामग्रीको प्रकाशन प्रशारण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय टिकटकमा कानुन विपरीतका भिडियो बनाएर राख्ने काम भइरहेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ। ‘पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशील विषयहरुको ख्यालै नगरी महिला तथा बालबालिका सम्बन्धी प्रचलनमा रहेका कानुन विपरित हुने भिडियोहरु बनाउने, प्रसारण गर्ने गरेको भन्ने सम्बन्धमा यस ब्यूरोको ध्यानाकर्षण भएको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ। साथै ब्यूरोले यससँग सम्बन्धित कतिपय सूचना तथा निवदेनमाथि अनुसन्धान भइरहेको र केहीलाई कानुनी दायरामा पनि ल्याइसकेको जानकारी गराएको छ। त्यस्ता कानुन विपरितका गतिविधि...
मुगुका लागि पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउने व्यापारी छुटे
अपराध, समाचार

मुगुका लागि पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउने व्यापारी छुटे

 कर्णाली प्रदेशको मुगुका लागि प्राप्त जापानी चामल भक्तपुर पठाउने सुर्खेतका व्यापारी धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालयले चामलसहित पक्राउ परेका व्यापारी बासुदेव शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक वीरेन्द्रकुमार थापालाई त्यसको आधा रकम धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले प्रारम्भिक सुनुवाईपछि धरौटीमा छाड्न आदेश दिएका हुन्। कालोबजारी ऐनअनुसार जिल्ला न्यायधिवक्ताको कार्यालय सुर्खेतले अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिबाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामाथिको सुनुवाईमा जिल्ला प्रशासनले रंगेहात पक्राउ परेको ढुवानी व्यवसायी र ट्रक चालकलाई धरौटीमा छाड्ने आदेश दिएको हो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी जिल्ला बाहिर रहेकाले निमित्त प्रमुख जिल्ला अधिकारी महतले आदेश दिएका ह...
३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ
अपराध, समाचार

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो । जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ । ...