अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ


अन्नपूर्ण चिनी मिलका मालिक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती प्रभाव अग्रवाललाई पक्राउ गरेको छ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *