टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी


पाल प्रहरीले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका विभिन्न सामाजिक सञ्जालमा अमर्यादित, दुराचारयुक्त तथा अश्लील सामग्रीको प्रकाशन प्रशारण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय टिकटकमा कानुन विपरीतका भिडियो बनाएर राख्ने काम भइरहेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ।

‘पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशील विषयहरुको ख्यालै नगरी महिला तथा बालबालिका सम्बन्धी प्रचलनमा रहेका कानुन विपरित हुने भिडियोहरु बनाउने, प्रसारण गर्ने गरेको भन्ने सम्बन्धमा यस ब्यूरोको ध्यानाकर्षण भएको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ।

साथै ब्यूरोले यससँग सम्बन्धित कतिपय सूचना तथा निवदेनमाथि अनुसन्धान भइरहेको र केहीलाई कानुनी दायरामा पनि ल्याइसकेको जानकारी गराएको छ।

त्यस्ता कानुन विपरितका गतिविधि नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *