अपराध Archives - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

अपराध

अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा
अपराध, समाचार

अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो । नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधन छ । यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको जनाइएको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को विवरणमात्र समावेश गरिएको छ । विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक नियोगमार्फत राहदानी सेवा उपलव्ध गराउँदै आएको तथा उक्त अविधि सम्ममा ६८ लाख ६ हजार ९१...
जबरजस्ती करणीको आरोपमा भारतीय नागरिक पक्राउ
अपराध, समाचार

जबरजस्ती करणीको आरोपमा भारतीय नागरिक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका इन्द्रजितकुमार शर्मा छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार शर्मामाथि १६ वर्षे किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको आरोप छ । अभियुक्तले किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य रुपमा बनाएको भिडियो सहितका फोटोहरु किशोरीकै नक्कली फेसबुक आइडी बनाएर हालिदिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका प्रतिवादी शर्मा विरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी हमालले जनाए । ...
कर अधिकृतविरुद्ध मुद्दा दायर
अपराध, समाचार

कर अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएका अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढकालविरुद्ध बिगोबमोजिम कारवाहीको माग गरिएको छ । ...
इराकमा एक नेपाली युवतीले गरिन् आत्महत्या
अपराध, समाचार

इराकमा एक नेपाली युवतीले गरिन् आत्महत्या

इराकको कुर्दिस्तानमा एक नेपाली युवतीले आत्महत्या गरेकी छन्। शुक्रबार सिन्धुपाल्चोककी राधामाया तामाङले आफ्नै कोठामा आत्महत्या गरेकी हुन्। उनी विगत पाँच वर्षदेखि श्रीमान, भाउजुसहित इराकको कुर्दिस्तान सुलेमानीमा बस्दै आएकी थिइन्। कामबाट फर्केपछि उनले आत्महत्या गरेकी हुन्। पारिवारिक झगडामा उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतकका श्रीमान र भाउजु हुँदाहुँदै नै कोठामा छिरेर ढोका बन्द गरेको र नखोले पछि झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा भेटिएको जनाइएको छ। हाल शव पोस्टमार्टमका लागि शवगृहमा लगिएको छ भने श्रीमानलाई प्रहरीले थुनामा राखेर सोधपुछ गरिइरहेको छ। ...
अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
अपराध, समाचार

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् । प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नग...
बलात्कारको आरोप लगाउँदै रकम असुल्ने पक्राउ
अपराध, समाचार

बलात्कारको आरोप लगाउँदै रकम असुल्ने पक्राउ

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गरी आईएमई मार्फत् लाखौं रुपैयाँ लिएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिइसकेको अनुसन्धानबाट खुल्न आएको छ। लालसरी २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीम...
बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
अपराध, समाचार

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालीकाेट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ। नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ।घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए। ...
धनमाया भुजेल मृत्यु प्रकरण : आफ्नै भतिजसंगको अनैतिक सम्बन्ध बन्यो मृत्युको कारण
अपराध, समाचार

धनमाया भुजेल मृत्यु प्रकरण : आफ्नै भतिजसंगको अनैतिक सम्बन्ध बन्यो मृत्युको कारण

 लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भतिज र भान्जाले जीवन रित्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृतक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको रहस्य खुलेको छ। उनीहरुबीच सम्बन्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्यानसम्बन्धि उद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृतकका श्रीमान् काममा ...
महिला घरेलु हिंसा तथा यौनजन्य अपराध
अपराध, समाचार

महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

डा.डिआर उपाध्याय आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूल...
सुलेमानीको हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस
अन्तर्राष्ट्रिय, अपराध, समाचार

सुलेमानीको हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो । १ वर्षअघि ३ जनवरीमा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो । अल जजीराका अनुसार इरानको न्यायालयसम्बन्धी मामिलाका प्रवक्ता गुलाम हुसेन इस्माइलीले भनेका छन् ‘इरान ती व्यक्तिहरुविरुद्ध कारवाही गर्न र सजाय दिन निकै गम्भीर छ जसले जनरल सुलेमानीको हत्याको आदेश दिए अनि उनीमाथि आक्रमण गरे ।’ यसअघि पनि जून २०२० मा तेहरानका प्रोसिक्युटर अली अल कासिमेहरले इन्टरपोलसँग ट्रम्पको गिरफ्तार...